सघंर्ष बुढाथोकी
गोठीवाड- ५ प्यूठान
अस्तित्व लुटिएकी नारी जस्तै...
एकलास सन्नाटामा घुक्क..घुक्क रोइरहेको छ,
मैले पहिलो पाइला चुमेको देश !
समयले उसको थाप्लाबाट आत्महत्या गरे पश्चात,
कुटिल
घात-प्रतिघात
हत्या-हिंसा
बन्द-हडताल
अस्थिरता-अराजकताको गिद्घले ठुंगेको थियो उसलाई !
जहाँ,
लामवद्घ सेता मानिसहरूको बिस्कुनमा,
हरिया झिंगाहरू
फोहरी गिद्घहरू
लाछि स्यालहरू
लुटपात गरिरहेकाछन्
एक गाँस चारो टिप्न
उल्लु मानिस बनेर
त्यहाँ,
नाङ्गा शरिर आदान-प्रदान गर्नेहरू
अवोध यौनी टोक्नेहरू
सूर्यको किरण अपहरन गर्नेहरू
जनै टुपी लिंगमा बाँधेर सुद्रबस्तीतिर हौसिनेहरू
सल्बलाई रहन्छन हरपल !
उता,
आँटो च्याप्न नपाई मृत्यू चाटेकी सुत्केरी आमाहरू
समुहिक लामो बलत्कारको पिडामा र्याल खुस्काएका शहिद जनाउन दिदीहरू
सिटामोल र जीवनजलको अभावमा मृत्यु कुरेका निमुखाहरू, देखेर
आज
जुरुक्क उठेर \"क्वाँ..क्वाँ..डाँको\" छोडेर रुँदै
घाँटीमा पासो छिराउँदैछ
अनयास, बुढो देशले
श्राद्धविभोर हृदयले गर्छु , स्पर्श-अविनन्दन नतमस्तक बनेर
अपहरण गरेर देशका आँसुका विम्बहरू अञ्जलिमा
मिसाउँदछु
रगतमा
पानीमा
पसिनामा
विर्यमा
अनि पिँउदछु अन्तिम पटक घटघटी......
देश र मैले सामुहिक आत्महत्या गर्नु पूर्व
एउटा अजर मृत्यु मर्नका लागि !