वर्तमान नेपाल र भाषिक अवस्था


राजेन्द्रप्रसाद पन्त \'तारिणी\'

न्वादेउ - , बैतडी

 

देशको महङ्गी चन्द्रलोक पुग्यो

गाँउको गरिबी मंगल चढ्दैछ

उन्नतिको त्यो रोबोट बनेको भए पो त !

विज्ञानको धरातलमा

दुनियाँको हाँसो बनिरहेछ यौटा मुलुक !!

फेरी, नेपाली भाषाको दुर्दशा

\'ड्याड\' \'मम्मी\' ले हैकम जमाइरहेछ

कठै ! आफूलाई कति उपेक्षित !

अंग्रेज साम्राज्यको छाँयामुनि !!

टुटेफुटेको ऐनाका टुक्राहरूझैं

नाना भाषा भाषी छर्लङ्ग छन्

मानौं राष्ट्रको आँगमा चम्किरहेका मोतिकण हु्न्  

सक्रिय सूर्यको शिरहरूले

आफ्नो स्थान र मोल खोजिरहेछन्

तर ती धुलकणको जादु कस्ले बुझ्छ, कसले हेर्छ

माटोसँगै बिलाउन बेर छैन अब !

भानुभक्तीय रामयण औ,

महाकविका काव्यग्रन्थहरू

आज आँसु झरि रहेछन्

युगले सभ्यताको धुहरा बिसाएर गयो

देश उन्ने ति वीर सपुतहरूको मूल्य

कसले तिर्न सक्यो र, यहाँ ?

एकतामाला चुँडालेर राष्ट्र फुटालिदैछ

सत्ताहिनहरूको स्वार्थी लुछाचुँडी

भाइ-भाइबीचको गुट-उपगुट

वेरोजगारी, हत्या-हिंसा

लुटपाट र बिकृतिका साङलाले

जेलिएको छ समय युग

यही त नेपाल हो,

यही त वर्तमान हो ।


Author - राजेन्द्रप्रसाद पन्त \'तारिणी\' | Posted on Aug 5 2010 Thursday | Views : 5166
कुसुस्को राष्ट्रिय कविता प्रतियोगिता २०६६


थप साहित्यहरू / Other Literature


  • रेवन चस्मा
  • क्यानभासमा देश
  • जीवनका मूल्यहरू
  • \"आखिर\"
  • यो देश आज

  • Recent Literature
    सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
    पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
    आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
    अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
    Photo Galleries

    Un Photo Gallery

    Greetings

    Poem Competition 2065

    Village Photos