विनोद दाहाल
हत्पते -७ माथिल्लो वर्का सिन्धुली
आयो युग नयाँ नयाँ लहरले छुन्छकी भन्ने थियो
हाम्रो देश नेपाल अब नयाँ हुन्छकी भन्ने थियो
आशा घट्दो भयो सबैतिर पनि शंका पो चढ्दै गयो
राम्रा काम कतै हुँदैन किन हो अन्योल बढ्दै गयो ।।
रोपेथ्यौं बिज उम्रियो तर पनि फल्दैन जस्तो भयो
आशा व्यर्थ भयो गयो दुःख सबै कस्तो न कस्तो भयो
जान्छ देश छिटै प्रगती पथमा भन्थे कहाँ के भयो ?
लेखिन्नन् किन संविधान अहिले अन्योल बढ्दै गयो ।
बाचा बन्धन बिर्सि छाडी ममता जनताको र देशको
माया कत्ति पनि नराखी मनमा साँस्कृतिको भेषको
खाली आफ्ना दुनो सोझ्याई रहने बानी नेताका भयो
मूल्याङ्कन सहि पाइदैन मतका अन्योल बढ्दै गयो ।।
थाप्छौ काँध र देशलाई सहजै बोक्छौ सबै मिल्दछौं
सुन्दर देश बनाउँछौं र जनता कै सेवामा जुट्दछौं
भन्ने बोली सबै हराइ अहिले सुल्टा र उल्टा भयो
देखिन्छन् झगडा ति कुर्सी तिरका अन्योल बढ्दै गयो ।।