अहम


यौटै बाटोमा यात्रा गर्दागर्दै

अलगअलग गन्तव्य खोजी गरेपछि

असमझदारी र वाञ्चनाहरू निम्त्याइरहनु पर्दैन

आफै खडा हुन्छन् अविश्वासका पर्खालहरू

जति चोटी पन्साए पनि रहिरहन्छन् दागहरू

खाटा बस्छन्, उप्किन्छन्, बल्झिरहन्छन्

त्यसैले,

एउटा बाटो यात्रा गर्दा अलगअलग गन्तव्य नरोज्नु

अहंकारले एक्लो यात्रा थेक्दैन

पश्चातापले मेटिंदैन पुरानो घाउ

खिल पल्टिएपछि ईखको रहिरहन्छ द्वोष

आशंकाको एकतर्फी शब्दकोशमा

जति अर्थ्याए पनि हुन्छ आरोपको एकतर्फी लाञ्छना

जति तन्काए पनि हुन्छ आफैले रचेका काल्पनिक इतिहास,

 

जित्ने नाममा हारिएला महाशय,

आवेगमा अहंकारले जित्छ,

आवेशमा सम्बन्धले हार्छ

जीते जस्तो लाग्छ आफूलाई अहंकारको अन्धकारमा

हारिरहेको यथार्थमा पर्दा लागिरहेको हुन्छ

अहम्ले विर्साउँछ आदर पनि,

अहम्ले विर्साउँछ औकात पनि

आफ्नै सम्बन्धमा ढडेलो लगाएर आत्मरतिमा रमाउँनु हुँदैन

सम्बन्ध काँचको घर हो, फुटाएपछि जोड्न सकिदैन

जीतहारको परिभाषा आफैले केलाउनु पर्छ

जीवनको नियात्रामा बाटाहरू धेरै हुन्छन्

आफ्नो गन्तव्य आफैले पहिल्याउनु पर्छ ।

 

झापा

 

(कुलदीप सुनुवार स्मृति राष्ट्रिय कविता प्रतियोगिता २०६७ मा \\\"सान्त्वना\\\" पुरस्कृत कविता)


Author - श्यामकुमार भट्टराई | Posted on Dec 21 2010 Tuesday | Views : 5323
नेपाली साहित्य


थप साहित्यहरू / Other Literature


  • बाढी
  • आमासँग
  • प्रसङ्ग र अनुभूतिहरू
  • सपनाहरू सहिद हुँदा
  • वर्ग संर्घष

  • Recent Literature
    सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
    पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
    आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
    अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
    Photo Galleries

    Village Photos

    5th Punyatithi

    Kuldeeps books & pen

    Poem Competition 2067