अशोक अधिकारी
अलैंचीका बोटहरू हल्लिँदा
देख्छौ होला
एउटा अत्यासलाग्दो हेराई
जाले दाईहर क्षण सभ्यता बाँच्ने यो कलियुगमा
वर्षौ पहिले तिमीले देखेको मेरो अनुहार पनि
लप्सीका बोटहरू भकाभक ढलिरहँदा
अवश्यै ढल्यो होला
आमाको आँखाबाट त्योभन्दा बढी आँसु चुहियो होला ।
तल्लो घरकी ठूली आमा
सपनामा मलाई झस्काउने घाउ भईदिन्छन्
आकाशतिर टोलाएर
जाले दाइमैले तिमीलाई बुझाएको प्रजातन्त्रको परिभाषा
तिमीले बुझेको प्रजातन्त्रमा
डल्ली भाउजूले आङ् ढाक्ने चोलो हुन्थ्यो
,तर यहाँ
शब्दहरूको ओईरो लागिसकेको छ
आफुखुसी अर्थहरू थपिरहेका छन् शब्दकोषमा ।
बाटामूनीको चौतारोसम्म आएका थियौ तिमी
अनि कति महत्वपूर्ण थिए तिमीले दिएका उपदेशहरू
धुलोसँगै छोपिएका छन्
घरैघरले सपनाहरू कुल्चिएको शहरमा ।
एकफेर गएर तिमीले भनिदिनु
अनि भनिदिनु बेासिका धान फल्ने खेतभरी घुमेर
आPजाले दाइतिमी त एउटा प्रतिक मात्रै हौ
जसलाई मैले रोईकराई गरेर भन्नै पर्छ
तिमीहरू मेरो छायाँ हेर्नु
स्वतन्त्र देशको माग गर्ने योद्घा
आफ्नो भविष्य अंकित गर्न चाहाने आशावादी छोरो
कहिलेकाँही पाप कति धेरै भरिंदा रैछ है मान्छेमा र ?
मैले बिर्सिएको मेरो धरातल
जाले दाइ
अँहत्यो पनि थाहा छैन
मैले एकफेर असारे गीत गाउनु पर्ने हो
तर आज नैतिक रुपले पतन भईसकेपछि
म भन्न सक्छु व्यस्तताले सताईरहेको बेलामा
द्घन्दले उग्ररुप लिएको बेला
बदलिदो युगसाग पाईला मिलाउन
जाले दाइ
कृतिम जीवनका कृत्रिम उपकरणहरूसाग रमाएर
अभ्यस्त भईसकेको छु
अनि तिमीलाई सम्बोधन गरेर
आजैसम्मलाई मात्रै हुन्भोलि त जीवन फेरी
डिबियाकाउ धमिलो उज्यालोमा
- मेरो आगमनलाई पर्खिरहलान्
- यो सोचेर किछोरो अँध्यारोमा आउँछ थाकेर
मस्यौराको झोलसँग भात नखाको पनि धेरै भो ।
अन्तिम धुकधुकी रहुञ्जेलसम्म पनि
आशा देखाई रहनु है !
मान्छेलाई मरिहाल्न दिँदैन ।
खण्डहर हुने घरको
किन भने कालो धुवाँ ओकल्ने दैनिक जिन्दगी त्यागेर
जहाँबाट मेरो जिन्दगी शुरु भएको थियो ।
(कुलदीप सुनुवार स्मृति राष्ट्रिय कविता प्रतियोगिता २०६५ को प्रतियोगी कविता)