चिन्तन मनन अनि गठन


          छविराज उप्रेती

भयो बेला चिन्तन मनन गर्ने देश भरिका ।
भला नेता ज्ञानी जन मिली यथा योग्य तरिका ।।
परि पाटी राम्रो प्रगती पथ मर्यादित पनि ।
बनोस् सब्को मान्यै सदनवत संस्था दल अनि ।।
लिई आफ्नो वशमा जिती नर नारी जनको ।
बनाउन् सते न्यायी सत पुरुष सरकार सदनको ।।
यथावत् जनताको प्रतिनिधि भई त्यो सदनको ।
गरोस् शासन देशमा सकल विधी कल्याण जनको ।।
विधि लोकतान्त्री परम सत आधारित पनि ।
व्यवस्थाको पालन गरी रहनु कर्तव्य हो भनी ।।
बुझ्नु सब नेताले हित अहित आफ्नो र जनको ।
गरुन सेवा देशको मिलीकन सबै राष्ट्र धनको ।।
सबै जाती भाषा जन जन विशे भेद नगरी ।
पृथक स्पर्सी कल्मज, अनि त सब त्यागौं घर घरी ।।
मदेशी , पहाडी, विविध मय जाती जति छन् ।
सबै भू आमाका प्रणयवत सन्तान् हुन तिन ।।
सबैको हक पुग्ने विविध विविध ज्ञानमय को ।
रचौं लौ सम्विधान् समविधि कुसुम सौम्य लयको ।।

नवदुर्ग गा
.वि.. ८ दावली, महेन्द्रनगर
हाल महेन्द्रनगर ३, भासी कञ्चनपुर 

(कुलदीप सुनुवार स्मृति राष्ट्रिय कविता प्रतियोगिता २०६५ मा प्रतियोगी कविता)
Author - छविराज उप्रेती | Posted on Apr 3 2009 Friday | Views : 5429
नेपाली साहित्य


थप साहित्यहरू / Other Literature


  • बाढी
  • आमासँग
  • प्रसङ्ग र अनुभूतिहरू
  • सपनाहरू सहिद हुँदा
  • वर्ग संर्घष

  • Recent Literature
    सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
    पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
    आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
    अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
    Photo Galleries

    Poem Competition 2066

    Un Photo Gallery

    Miscellaneous

    कुसुस्कोस हाजिरी जवाफ प्रतियोगिता २०६९