दिनेश कुमार कोइराला
शनी सङ्केत ती कपोत जोडिका विष्टाले
चिड्याइँदो ताप र वर्षाका थोपाहरूको ताकतले
यस्तो लाग्छ त्यो मन्दिरको अवस्था
मृत्यु शैय्यामा छ्टपटाइ रहेको रोगी हो ऊ
फुस्रे मसान ध्वाँसे कुण्डले जोगी हो ऊ
जिर्ण टुनासि अनि खिस्रिक्क परेको छानो
चौकोस मुसि अनि गरुणहरूको त्यो रुप
असुरक्षाका बन्दि विचरा बुढा महादेव
भखरै आसेपासे देवता हराएको शोकमा
पुरानो मुर्ति र घण्टा चोरी भएको झोंकमा
\\\'भगवान मलाई वर देऊ
दरबार नभए पनि ऐ झैं घर देऊ\\\'
भक्तको पुकार सुनेर झर्कन्छन् उनी
क्रोधको तेस्रो आँखा खोल्दै बोल्छन्
के को घर ?
कस्लाई घर ?
आफु त महादेव कसले देला वर ?
आडम्बर र देखासिखिको मैमत पुजा गर्न
माग्न, थुपार्न अनि हसुर्न
मान्छे भगवानको पुण्यभूमिमा पदार्पित हुन्छन्
प्रेम जीवन्त पार्न ती जोडिहरू
भगवानको सेरोफेरोमा लिलामय रहन्छन्
उपरवालेको लिला त के लिला
अरे ! गर्नेलाई भन्दा हेर्नेलाई लाज
भखरै प्रेमको दिर्घ चुम्बनबाट उम्किएकी प्रेमिका
प्रेमको अङ्गालोमा हल्का निहुरहन्छे,
भगवान हाम्रो मिलन युगान्त गराइदेऊ
विचरा शतिको शोकमा डुबेका महादेव
आँखाको आाशु पुछ्दै चिच्याउँछन्
कस्को मिलन ?
कस्को रहर ?
आफु त महादेव कसले देला वर ?
भगवानको नाक कुच्चि सक्छ
चोखा नै वेद्महरू त्यसै सडेर गनाउछन्
फुलपाति र फलफुलहरू त्यसै कुहिन्छन्
विचरा माग्नेहरू रोई रहेछन्
खालि पेटको हाल भक्तलाई के ख्याल
मानवता र मुठिदान
कञ्जुस भक्त, के सरोकार
कुन भक्त, के भक्ति ?
लाचार महादेव ती माग्नेलाई
सहानुभुतिको आँखा उधार्दै भन्छन्
के गर्छस मनुष्य !
आफु त महादेव कस्ले देला वर ?
(कुलदीप सुनुवार स्मृति राष्ट्रिय कविता प्रतियोगिता २०६५ मा प्रतियोगी कविता)