मैले देखेको छु


          दृश्य

ज्यूँदा सहिदका लामहरूले
निलेका ती ताता गोली
ओबामाको बजेटले के लिलामी लिन सक्थ्यो
टुइनटावरका आँसुहरू भर्दै
निर्लज्ज पिंउने बुस प्रशासन
नुनीलो आँसुका चुस्किहरूसँग
स्वादे जिब्रो पड्कार्दै
टनक्क अघाएको गोहिको
दुई थोपा आँसु
अहा !
थप्न पाइदैन यहाँ ,

बारुदको कणकणमा सिञ्चित पसिना
पसिना !
कहाँ गनाँउछ तिमीलाई यहाँ
ह्वाइटहाउसको वफादारी क्यासलभित्र
सद्दामको फाँसीमा ताली पिटिरहँदा
मैले त कैयौं लादेन र सद्दामलाई देखेको छु
ए बुस !
ए बुस तिमीलाई थाहा छ ?
मैले त ह्वाइटहाउसमा पनि
सेप्टेम्बर ११ देखेको छु ।

(कुलदीप सुनुवार स्मृति राष्ट्रिय कविता प्रतियोगिता २०६५ मा प्रतियोगी कविता)


Author - दृश्य | Posted on Apr 3 2009 Friday | Views : 5082
नेपाली साहित्य


थप साहित्यहरू / Other Literature


  • बाढी
  • आमासँग
  • प्रसङ्ग र अनुभूतिहरू
  • सपनाहरू सहिद हुँदा
  • वर्ग संर्घष

  • Recent Literature
    सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
    पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
    आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
    अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
    Photo Galleries

    5th Punyatithi

    Un Photo Gallery

    Miscellaneous

    Flowers