राजकुमार फुयाल
मलाई जुनेली रात होइन,
सुनौलो बिहानी भए पुग्छ,
तडकभडक फेशन होइन,
एकसरो कपडा बेरे पुग्छ,
मिठो र मसिनो पनि खोज्दिन म,
मेरै गुन्द्रुक र ढिडो मस्काए पुग्छ,
मलाई बन्धनमा बाँधिने पिंजरा होइन,
स्वतन्त्रताको भारी भए पुग्छ,
विलासिताको जीवन रोज्दिन म,
मेरै तराई पहाड हिँडे पुग्छ,
टुक्राउने हम्मर होइन मलाई,
भाइ भाइ जोड्ने बन्धुत्व भए पुग्छ,
दुःखले दुःख होइन मलाई,
सुखले दुःख गर्न पाए पुग्छ,
गौरव मान्छु, फुलाउछु छाती,
अनि हेर्छु आकाशमाथि,
जहाँ, त्यहाँ, जुन बेला, त्यस बेला,
छरिएर रहेपनि , सयौं फुल एउटै माला,
यस्तो इतिहास बनोस,अब,
सबै नेपाली सद्भाव छाओस, एउटै मुटु बनोस् देशको,
एउटै हाँसो हाँसोस्, अब बन्ने संविधान मर्मको
जय होस् नेपाल र नेपालीको ।।।
जय होस् विर शहिदको ।।।