हे वीरहरु हो


           रीता खड्का

हे वीरहरु हो भरेर गयौ
रगत नशामा हाम्रो
तरपनि किन छन् आज
लाचार सन्नती तिम्रो
आहत र वेदनाले भरिएको छ
बिहानी आजभोलि
रक्तका छिटाले सजिएका छन् राती
सपनाको गहिराईमा
भरिएका छन् मृत्युहरु
कोकीलका ती गुञ्जहरुमा

छरिएका छन् स्वार्थहरु
गाँसिएका छन् प्रत्येक नातामा
रगतको साइनो हाम्रो
वीरपुर्खाको नाक राख्न नसकी
झुकेको छ शिर हाम्रो
चारजात छत्तसि वर्णको
यो साँझा फुलबारी हाम्रो
सडकमा नारा र जुलुसको
लहर चलेको छ राम्रो

राष्ट्रलाई सदा गौरववित राख्नु भन्ने छापमा
काला गहदारी र कलंक लागेको छ आज
हालका कर्णधार भनि टोपलिएकाहरु
राष्ट्रलाई धकेल्दैछन् खाडलमा ।

 

 


Author - रीता खड्का | Posted on Apr 15 2009 Wednesday | Views : 5280
कुसुस्को राष्ट्रिय कविता प्रतियोगिता २०६५


थप साहित्यहरू / Other Literature


  • जीवन सपना र मृत्यु
  • म हङकङ भइसकेछु
  • आजको शिक्षा पद्घति
  • बेरोजगारीको पिडा
  • जिन्दगी

  • Recent Literature
    सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
    पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
    आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
    अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
    Photo Galleries

    Poem Competition 2067

    Kul-dresess and others

    Village Photos

    Flowers