टुहुरोको बिलौन


          सागर गौतम

बादल भित्र श्रावण रोयो वषा भो दरर
सल्लाका घारी मकैका बारी सुसाए सरर
देखेर एउटा टुहुरो केटो छाति भो चरर
सुनेर तिनको विरही गीत मनै भो दरर ।।१।।

गाउँका बाख्रा भिरमा चर्छन् तिनी छन् पाखामा
यो गीत तिनी गाउँदैछन् तिनी उराठे भाकामा
घामलाई रैछ छहारी छायाँ पानीलाई पाटेधुम
मनका मेरा विरही व्यथा सम्झेर कति रुम ।।२।।

पानी र पर्यो असिना जस्तो दुनियाँ रुझाँउने
न आमा बाबा न दिदी बहिनी मन कस्ले बुझाँउने
जीवन यसै पो बित्ने पो होकि साहुकै घरमा
आधा पेट खानु जडौरो लाउनु त्यतिकै भरमा ।।३।।

टुहुरो भनि गर्दंछन् हेला सबैले हेपेर
पिंजडाको सुगा झैं मेरो अवस्था देखेर
तै पनि हिम्मत हारेको छैन आउला कुनै दिन
उज्यालो दिनले उमङ्ग ल्याए हाँसौला हरदिन ।।४।।

 


Author - सागर गौतम | Posted on Apr 15 2009 Wednesday | Views : 5304
कुसुस्को राष्ट्रिय कविता प्रतियोगिता २०६५


थप साहित्यहरू / Other Literature


  • जीवन सपना र मृत्यु
  • म हङकङ भइसकेछु
  • आजको शिक्षा पद्घति
  • बेरोजगारीको पिडा
  • जिन्दगी

  • Recent Literature
    सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
    पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
    आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
    अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
    Photo Galleries

    Kul-dresess and others

    Miscellaneous

    Greetings

    KMTC General Assembly