शङ्
खु बुजिच्बदाल फाटेर मुस्काएको अकाशसँग
म प्रश्न गर्छु
के धर्ती यसरी हाँस्न सक्दैन ?
धिक्कार्छ त्यो बादल
उ खेल्न पाएन रे
ट्युमरको रोगी जस्तै बन्छन् आकाङक्षाहरू
नितान्त एक्लो समयगाथा उभिन्छ
म मानौ एउटा पेन्डुलम हुँ
घिसि्रदै घिसि्रदै हरपल गुहार माग्छु
एउटा सुन्दर उदयको खोजमा
तर धकेल्छ साधै यामहरू
रित्तो रित्तो दोबाटाहरूतिर
भग्नावषेश मात्रमै सिमित बन्छन्
सुन्दर आँखाका सु्न्दर दृष्टिहरू
लुटिन्छन् आश्थाका सौभाग्यहरू
म फरि प्रश्न गर्छु
के शास्त्रले सधै अस्त्र माग्छ ?
धर्मग्रन्थ चिच्याँउछ
सिद्घान्तका रुपरेखाहरू पालना गरेर रे !
नशाका प्याला बनेर आउँछन् सम्बनधहरू !
एउटा समाज टुक्रिएको बेला
एउटा मुटु पल्यान भएको बेला
त्यैपनि सून्यताबाट यात्रा गर्नै कोशिस गर्छ ।