वीर शहिदहरुको सम्झँनामा


सीजन ढकाल

चढाई फुलको गुच्छा शहिदका मूर्तिमा
मौन बस्छु एकछिन म मन धैर्य बनाई
शहिदको विरतालाई मौनतामा सम्झँदा
सात्तो जान्छ झैं गर्छु तिनका जीवनलाई सम्झँदा
मौनताले पनि सराप्न थाल्यो अब मलाई
धिक्कार छ म जस्तो देश मास्नेलाई
विलाप गर्दै भन्छु म हे मेरा मौनता
गएर भन्दे वीरलाई गर्नेछ सत्कर्म यहाँ
बीर्सेछु म अपराधीले आफ्नी मातृआमालाई

आमाको रगत चुसी हत्या गरे ममतालाई
खान्छु कसम शहिदको हात राखि मनमा
चढाँउनु परेनी चढाँउला शिर शहिदको भेटिमा
केहि गरी परिभने दूश्मनको फन्दामा
शहिदलाई सम्झादै ईच्छा पुरा गर्छु अन्तिममा
लड्दा लड्दै परदेशमा मरेभने हे मेरा मौनता
सेलाई दिनु मेरा शव वीर शहिदको घाटमा ।।

बीरगंज - १०, पानीटंकी-पर्सा


Author - सीजन ढकाल | Posted on Apr 15 2009 Wednesday | Views : 8428
कुसुस्को राष्ट्रिय कविता प्रतियोगिता २०६५


थप साहित्यहरू / Other Literature


  • जीवन सपना र मृत्यु
  • म हङकङ भइसकेछु
  • आजको शिक्षा पद्घति
  • बेरोजगारीको पिडा
  • जिन्दगी

  • Recent Literature
    सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
    पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
    आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
    अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
    Photo Galleries

    Poem Competition 2065

    Miscellaneous

    Flowers

    Poem Competition 2067