यो बटो


सुधा शाही                        

हजारौं पाईतालाले कुल्चेको यो बाटो अझै तातो छ
यो बाटो अझै रातो छ
यही तातोको उर्जाले
यही रातोको उत्साहले

यो देश बाँचीरहेछ
भर्खर त उठ्न थाले मानिसहरु
कठ्याङ्गि्रादो परिवेशबाट
भर्खर त मुक्त भउका छन् झ्याल ढोकाहरु
गजवार र चुकुलको पकडबाट

फलाम हो समय
तातो लाई अझै बनाईनु पर्छ
कस्तो औजार चाहिएको छ अहिलेलाई

त्यस्तै बनाँउनुपर्छ
बाघलाई भाला चाहिएला

किसानलाई कुटो कोदालो
आवश्यकता बुझेर फलामलाई आकार दिनैपर्छ ।
नजानिदो पाराले सही
विस्तारै सही
थारै सही

नयाँ पाईला चाल्नै पर्छ
एउटा नयाँ जग हाल्नैपर्छ
ता कि भोलीलाई भाईचालोको डर नहोस ।

त्यसैले यो बाटो तातो राखिनुपर्छ
त्यसैले बाटो रातो राखिनुपर्छ ।

 

 


Author - सुधा शाही | Posted on Apr 15 2009 Wednesday | Views : 8430
कुसुस्को राष्ट्रिय कविता प्रतियोगिता २०६५


थप साहित्यहरू / Other Literature


  • जीवन सपना र मृत्यु
  • म हङकङ भइसकेछु
  • आजको शिक्षा पद्घति
  • बेरोजगारीको पिडा
  • जिन्दगी

  • Recent Literature
    सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
    पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
    आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
    अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
    Photo Galleries

    KSTM Kavita gosti pics ( 2065/6/4)

    Miscellaneous

    Scholarship Program 2068

    कुसुस्कोस हाजिरी जवाफ प्रतियोगिता २०६९