यो देश आज


युबराज पौडेल \'सफल\'

मरिणडाढी-७ चापाबोटे, सिन्धुली

 

श्रीपेज लगाउँने महाराजहरू

गद्धी छाडि गुमनाम र गुप्तबास बसेपनि

यो देशमा आज

श्रीपेज बिनाको छोटे महाराजहरू

आफुलाई आधुनिक सर्व शक्तिमान

सम्राट ठान्छन् र सरकारका निर्णयहरू

उल्टाईदिन्छन् र नियम कानूनहरू मज्जासँग

घाममा सुकाईदिन्छन्

मान्छेहरू आज यसलाई गणतन्त्र भन्ने गर्छन् ।

 

जनता भोक, रोग र शोकबाट आक्रान्त छन्

नेताहरू चिल्ला गाडीमा शयर गर्छन्

कोहि प्रधानमन्त्रिको पगरि गुथ्छन्

कोहि राष्ट्रपतिको पगरि गुथ्छन्

कोहि मन्त्रिको पगरि गुथ्छन्

अझैं कोहि सभासदको पगरि भिर्छन्

कोहि सभामुखको विल्ला भिर्छन्

देशको विकास भन्दा पनि आफ्नो विकास गर्छन्

यो देशमा आज मान्छेहरू

यसैलाई नयाँ नेपाल भन्ने गर्छन् ।

 

महंगीले आकाश छोएको छ

बेरोजगारले देश ढाँकेको छ

जनताको स्तर जहाँको त्यही छ

जनता एक गाँस खान र एक झुप्रो लाउन

नपाएर बसेको छन्

तर, हाम्रा सुकिला नेताहरू जनतालाई

आस्वासनको माम पस्कँदै र गुलियो लालीपप बाड्दैछन्

र आफ्नो दुनो सोझ्याउँदै छन् ।

 

यो देशमा आज सुरक्षा दिनेहरू मन्त्रिबाट कुटिन्छन्

यो देशमा मानिसहरू यसलाई जनताको शासन भन्ने गर्छन्

एक थरी मान्छेहरू सदनमा छलफल गर्न पाउनुलाई

नागरिक सर्वोच्चता भन्ने गर्छन्

अर्का थरी मान्छेहरू सदनमा छलफल गर्न नदिनुलाई

नागरिक सर्वोच्चता भन्ने गर्छन्

कोहि सरकार चल्नुलाई

नागरिक सर्वोच्चता भन्ने गर्छन्

कोहि सरकार ढल्नुलाई

नागरिक सर्वोच्चता भन्ने गर्छन्

यो देशमा आज गणतन्त्रको नाममा

बिनाविभागको मन्त्रालयहरू गठन गरिन्छ

अनी बिनाविभागको मन्त्रिहरू नियुत्त गरिन्छ

मन्त्रालयहरू टुक्राटुक्रा पारिन्छ

मौकामा चौका हानिन्छ

देशको ढुकुटी लुटिन्छ

विदेशी सामु गुहार मागिन्छ

जनतालाई भ्रमित पारिन्छ

यहाँ यसैलाई लोकतन्त्र भन्ने गरिन्छ

यो देशमा आज नयाँ नेपाल बनाउँने भन्दा पनि

भत्काउनेको सरकार छ

जीत्नेको भन्दा पनि हार्नेको सरकार छ

जीत्नेहरू हारि रहेकाछन्

हार्नेहरू जीतिरहेको अभिनय गरिरहेको छन्

नयाँ नेपाली भाषा सपतमा चल्दैन

सरकार कानुन हातमा लिन्छ

अपराधिहरूले सरकारबाट छुट पाउँछन्

नेताबाट छुट पाउँछन्

विचारा ! जनता यसैलाई नयाँ शासन भन्ने गर्छन्

यो देशमा आज नयाँ नेपाल

भाषण गर्नेहरूको बोलबाला छ

अचेल यहाँ नयाँ नेपालको नाममा

करोडौं सेमिनार चल्छ

करोडौं गोष्ठि चल्छ

विचारा नेपाली जनता आशैआशमा बस्छन्

नेता भोट माग्न आउछँन्

करोडौं सपना बोकेर

तर, नेताले छलेको छलैछन्

ढाँटेको ढाँडै छन्

कहिले हुन्छ सुख समृद्धिको र शान्तिको राज

के भइरहेछ जनता जनार्दन यो देशमा आज ।


Author - युबराज पौडेल \'सफल\' | Posted on Jul 26 2010 Monday | Views : 5228
कुसुस्को राष्ट्रिय कविता प्रतियोगिता २०६६


थप साहित्यहरू / Other Literature


  • रेवन चस्मा
  • क्यानभासमा देश
  • जीवनका मूल्यहरू
  • \"आखिर\"
  • वर्तमान नेपाल र भाषिक अवस्था

  • Recent Literature
    सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
    पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
    आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
    अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
    Photo Galleries

    Miscellaneous

    Poem Competition 2067

    KSTM Kavita gosti pics ( 2065/6/4)

    Kuldeeps books & pen