क्यानभासमा देश


गोपाल मैनाली

मेची नगर नगरपालिका, झापा

 

तिमीले क्यानभासमा

उतारेको देश देखेर

खुसीले भुइँछाडे ।

 

क्यानभासमा पोखिएका रंगहरुमा

मैले आफ्नो जात भेटे

पृष्टभूमिमा पोतिएको रंगमा

आफ्नै सँस्कृति र पहिचान देखि

पहाड बनाएर गौरव झल्काएछौ

त्यही रंगमा मैले भाषा र भेष भेटे ।

 

मौलो गाडेछौ नाभीविन्दुमा

त्यहाँ एकताको धर्मदेखेँ

सुन फलाएछौ तराईका फाँटभरी

त्यही फूल टिपेर सखारैमा

चाँदीका भकारीको शिरपोस बनाएर

सगरमाथालाई उपहारमा दिएँ ।

 

तिम्रो कलामा

देश सिमा मुक्त देखुँ

आग्रह र परिभाषामा

देशलाई कैदी नदेखुँ

रंग र रुपभन्दा पर

अनन्त चेतना जागृतिले

मानव अहंताको अन्त्य गरौं

समग्रमा देश एक ढिका बनेर

बैरीका रुपमा बज्रौं ।

 

क्यानभासमा सृज्यको कलामा

मैले मेरो चुच्चेनाक सुम्सुम्याएँ

थेप्चे र नेप्टे नाकहरु सर्वत्र देखेँ

कछाड र लगौटी पनि पोतेछौ

पेटानी र बख्खुको झल्को दिएछौ

तिम्रो सृजना चेतले

विम्बमा समष्टि अभिव्यक्त गरेछौ ।

 

शिल्की हातले सुन्दर कला भरेर

विभाजनका तमाम रेखाहरु मेटेछौ

स्वाभिमान र वलिदानका दृष्य पोतेर

नाती पुस्तालाई

समृद्घ देश हस्तान्तरण समारोह

सर्वत्र झल्काएछौ

नेपाल कोरीएको

दृष्य चित्रको क्यानभासमा

प्रत्येक नेपालीका छातीमा टाँस्ने

उत्कण्ठाको बाली छरेछौ ।

 

नोटः- पेटानी-तराइका राजवंशी, मेचे, झाँगड आदिवासिका महिलाले छातीमा बाँधेर लगाउने पहिरन।


Author - गोपाल मैनाली | Posted on Jul 27 2010 Tuesday | Views : 4833
कुसुस्को राष्ट्रिय कविता प्रतियोगिता २०६६


थप साहित्यहरू / Other Literature


  • रेवन चस्मा
  • जीवनका मूल्यहरू
  • \"आखिर\"
  • यो देश आज
  • वर्तमान नेपाल र भाषिक अवस्था

  • Recent Literature
    सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
    पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
    आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
    अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
    Photo Galleries

    Kuldeeps books & pen

    Un Photo Gallery

    Flowers

    Poem Competition 2065