जीवनका मूल्यहरू


भवानी पौडेल

 

जीवन अस्ताउँछ तर

अस्ताउँदैनन् जीवनका मूल्यहरू

जीवन ढल्दछ तर

ढल्दैनन् जीजीविषाहरू

फूल र्झदछ तर

झर्दैनन् फूलका सुवासहरू

फूल मर्दैछ तर

मर्दैनन् फूलका रुपहरू

उल्का र्झदछ तर

झर्दैनन् उज्याला किरणहरू

बादल फाट्दछ तर,

फाट्दैनन् सगरका छातीहरू

हिम बग्दछ तर,

बग्दैनन् हिमालका शिखरहरू

नदी सुक्दछ, तर

सुक्दैनन् नदीका गतिहरू

धुावा उड्दछ तर

उड्दैनन् आगाका रापहरू

घाम डुब्दछ, तर

डुव्दैनन् उज्याला दिनहरू

छहरा खस्दछ तर

खस्दैनन् छहरका गतिहरू

छाल उर्लिन्छन् तर

उर्लन्न सागरका गुणहरू

नासिन्छन् वस्तुका रुपहरू

मासिन्छन् वस्तुका शरिरहरू

तर मर्दैनन् वस्तुका आत्माहरू

त्यसैले

तिमी जुन रङ्गको भए पनि

तिमी जुन जातको भए पनि

तिमी जुन भाषाको भए पनि

तिमी जुन वर्गको भए पनि

मान्छेका जात हौ तिमी

तिम्रो जात हो \'मान्छे\'

त्यसैले

रोप तिमीभित्र मानवताका गुणहरू

तोड तिमीभित्र अजिङ्गरका काँडाहरू ।


Author - भवानी पौडेल | Posted on Jul 27 2010 Tuesday | Views : 4907
कुसुस्को राष्ट्रिय कविता प्रतियोगिता २०६६


थप साहित्यहरू / Other Literature


  • रेवन चस्मा
  • क्यानभासमा देश
  • \"आखिर\"
  • यो देश आज
  • वर्तमान नेपाल र भाषिक अवस्था

  • Recent Literature
    सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
    पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
    आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
    अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
    Photo Galleries

    KSTM Kavita gosti pics ( 2065/6/4)

    Poem Competition 2066

    Flowers

    Poem Competition 2067