खाँचो छ मानवता


शिवपुर-२ कपिलवस्तु

 

कस्तो थियो हाम्रो देश कस्तो छ अहिले

कस्तो हुने हो अझै दुःख लाग्छ मनमा !

फुल फुल्थे वनभरी खुसी खुसी समाजमा

हेराउँदै सबै झुम्दैछन् वनमा !!

 

नभए हुन्छ खुसी वनको सुन्दर गहाना होइन

दन्त्यकथाका राक्षस हुँदैछन् !

 

बड्दैछन् अघि हेर्दैछन् लोभी आँखाले

घु्म्दैछन् स्वार्थपनको दायरामा पृथ्वी रुँदैछन् !!

 

शब्द हुन्छ गहकिला भाषण सुन्दा गर्छन् होला

ठुलाबडा उग्लीन्छन साना सँधै च्वाईचुई !  

गर्ने हो म कति कति गर्दैछु क्षति

देश जाँदैछ खाडल तर्फ पछुताउँदा पाई पुई !!

 

वार्तागर्न इन्डिया जान्छन् सहयोग माग्न यू.के.

बढी तलब भत्ता पेस्की खान्छन् खाना

आफ्नो जनता जंगली खाना लाग्छन् दाना

दुई छाक नि किन विदेश खाउ आफ्नै माना

 

खेल्छन् राजनीति बोल्छन धम्कि दिई

बेचे आफ्नोपन विषालु रहेछ विदेशी धन !

लुछ्दा लुछ्दा खोक्रो भइसक्यो अब त छोड भो

सक्छौ बुद्घ बन, पुग्यो शुद्घ नबन !!

 

द्वन्द्व होइन शान्ति खोज घृणा होइन सहयोग

रोज गर्भका बच्चा बच्चाले भन्छ ।

धर्म के पार्टी कस्तो जात किन हामी सबै मानव

मानवता बुझौं देश आफै बन्छ !!


Author - डि. बी. राना | Posted on Aug 5 2010 Thursday | Views : 4843
कुसुस्को राष्ट्रिय कविता प्रतियोगिता २०६६


थप साहित्यहरू / Other Literature


  • रेवन चस्मा
  • क्यानभासमा देश
  • जीवनका मूल्यहरू
  • \"आखिर\"
  • यो देश आज

  • Recent Literature
    सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
    पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
    आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
    अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
    Photo Galleries

    KSTM Kavita gosti pics ( 2065/6/4)

    कुसुस्कोस हाजिरी जवाफ प्रतियोगिता २०६९

    Poem Competition 2067

    Flowers