वर्तमान नेपाल र भाषिक अवस्था


ज्ञानु पौडेल

धापासी, काठमाडौं

 

आमा तिमी नेपाल आमा धन्य आमा तिमी

संसार सारा घुमिरहन्छ अटल हौ नि तिमी

 

आमा तिम्रा सन्तती छन् डाँडा काँडा भरि

पहाड, ताल नदी तराई जरा परि सरि

 

गोरख आफै प्रकट भए शुद्घ छाती पाई

गौतमलाई जन्माइसक्यो विश्व शान्ति ल्याई

 

चार जात छत्तीस वर्ण फुल थरीथरी

एकान्तमा बसी आमा रुन्छिन धरधरी

 

उब्जाऊ गर्ने खेत पनि पारी सके टुक्रा

छैन केही भित्र अब देश पारी खोक्रा

 

कहिले तिम्रो सुन्दरता विदेशीले हेर्ने

कहिले तिम्रो शाहस धैर्य संसारले चिन्ने

 

सब अब टुक्रीसके सबै फुटीसके

दाजुभाई दिदीबहिनी सबै गुमीसके

 

आमा तिम्रा अङ्ग अब टुक्रा पारीन्छन् रे

तिम्रो भाषा शैली भेष छुटाइन्छन् अरे

 

टुक्रा टुक्रा पारी अब भाग बन्डा हुने

हृदयको तिम्रो गाथा कहिले फुकाउने

 

तिम्रो भाषा बोली शैली देखी थरीथरी

विश्वले नै हेर्न थाले आँखा गाडीगाडी

 

फूल आमा तिमी फूल नभुल है फक्र

संसाररुपी शरिर की तिमी नै आज्ञाचक्र

 

म त तिम्रै प्यारी छोरी गर्छु तिम्रै भक्ती

चन्द्र सूर्य त्रिकोणधारी झण्डा तिम्रो शक्ति ।।


Author - ज्ञानु पौडेल | Posted on Aug 5 2010 Thursday | Views : 5160
कुसुस्को राष्ट्रिय कविता प्रतियोगिता २०६६


थप साहित्यहरू / Other Literature


  • रेवन चस्मा
  • क्यानभासमा देश
  • जीवनका मूल्यहरू
  • \"आखिर\"
  • यो देश आज

  • Recent Literature
    सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
    पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
    आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
    अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
    Photo Galleries

    Poem Competition 2067

    Miscellaneous

    Family Photos

    Scholarship Program 2068