साहित्यिक कार्यक्रम भव्यताकासाथ सम्पन्न
Sep 21 2008 Sunday ४ आश्विन २०६५, काठमाण्डौ
कुलदीप सुनुवार स्मृति कोष समितिले नव सर्जक साहित्य संगम नामक एक कविगोष्ठी कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । सुनुवार सेवा समाजको भवन कोटेश्वर बालकुमारीमा ११:३० बजे सुरु भएर अपह्रान्न ३ बजेसम्म चलेको उक्त कार्यक्रमा कवि, लेखक तथा साहित्यप्रेमिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । अनौपचारिक रूपमा सञ्चलित सो कार्यक्रममा कविहरू- टीकाराम मुलिचा, अतित मुखिया, धर्मेन्द्र विक्रम नेम्वाङ, प्रकाश थाम्सुहाङ, चन्द्रवीर तुम्वापो, पुर्ण इन्फादा, चन्द्र गुरुङ, विष्णु श्रापित, उत्तम सुनुवार, खडोस सुनुवार लगायत नव सर्जकहरू - रणवीर सुनुवार, मञ्जु सुनुवार, प्रेम कुमार सुनुवार, दिल कुमार सुनुवार, चम्पक सुनुवार, शंखु बुजिच, चिम्रु बुजिच, सुर्यप्रकाश सुनुवार, नित्तु सुनुवार सबैले अ-आफ्नो कविता, गजल तथा गीत प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम अति गम्भिर र साहित्यमय भएको थियो । कविगोष्ठी पछि चियापानका साथ कार्यक्रम सकिएको थियो । नव सर्जक साहित्य संगम कार्यक्रम संचालनका निम्ति लागेको सम्पूर्ण खर्च सृजनशील साहित्य समाज हङकङले उपलब्ध गराएको थियो ।
स्मरण रहोस् कुलदीप सुनुवार स्मृति कोष समिति ले यस्ता साहित्यक कार्यक्रमलाई अझै प्रभावकारी बनाउनका लागी अरु विभिन्न साहित्यिक संस्थाहरूसँग सहकार्य गर्ने र कोषले पनि विभिन्न साहित्यिक कार्यक्रमहरू संचालन तथा आयोजना गर्दै जाने भएको छ ।