कुलदीप सुनुवार स्मृति खुल्ला राष्ट्रिय कविता प्रतियोगिता २०६७....


Oct 10 2010 Sunday

कुलदीप सुनुवार स्मृति खुल्ला राष्ट्रिय कविता प्रतियोगिता २०६७

     यस कुलदीप सुनुवार स्मृति कोष समितिले यही मिति २०६७ मंसिर २६ गते कुलदीप सुनुवारको तेश्रो वार्षिक पुण्यतिथिको अवसरमा \"कुलदीप सुनुवार स्मृति राष्ट्रिय खुल्ला कविता प्रतियोगिता २०६७\" को आयोजना गर्ने भएकोले उक्त प्रतियोगितामा सहभागिताका लागि सम्पूर्ण साहित्य प्रेमी मानुभावहरूलाई कुसुस्कोस हार्दिक आह्वान गर्दछ ।

 

सहभागिताका लागि नियमहरू:

. १५० शब्द भन्दा लामो रचना स्विकार्य हुने छैन ।

. कविता नेपाली भाषामा हुनु पर्ने तथा अन्य भाषामा भए त्यसको नेपाली भाषामा छायानुवाद हुनुपर्ने छ ।

.  कवितामा मिथक तथा प्रविधिक शब्द भएमा टिप्पणी हुनुपर्ने छ ।

. कविता हस्तलिखित भएमा स्पष्ट र सफा हुनुपर्ने छ ।    

. कविता पत्रपत्रिकामा प्रकाशित नभएको हुनुपर्ने छ ।

.  कविताको साथमा २ प्रति पासपोर्ट साइजको फोटो सहित स्पष्ट रुपमा पुरा नाम, ठेगाना तथा सम्पर्क नम्बर उल्लेख हुनु पर्ने छ ।

.  कविता २०६७ मंसिर १५ गते भित्र आइपुग्नु पर्नेछ ।

 

कविता उपलब्ध गराउँने ठेगानाहरू:

1. कुलदीप सुनुवार स्मृति कोष समिति धापाखेल-, ललितपुर

2. \'कुसुस्कोस\' सुनुवार सेवा समाज केन्द्रीय कार्यालय बालकुमारी कोटेश्वर

3. रङ्ग साहित्य फाँट ताल्चिखेल (उपेन्द्र सुब्बा-९८४१९८४८०३)

4.  साथी प्रकाशन बागबजार (९८४१३४४५७७)     

5.  पो.. नं. ७६६७ सुन्धारा काठमाडौं ।

6.  info@kuldeeptrust.org.np

 

(छनौटमा परेका रचनाहरू वाचन कार्यक्रमका लागि मिति पछि जानकारी गराइने छ तर काठमाडौं उपत्यका बाहिरका लागि भने अनिवार्य छैन् ।)

 

पुरस्कार:-

प्रथम     -   रु. ५०००/- प्रमाणपत्र ।

द्वितीय    -   रु. ,०००/- प्रमाणपत्र ।

तृतीय    -   रु. ,०००/- प्रमाणपत्र ।

सान्त्वना  -   रु. ,०००/- प्रमाणपत्र ।

 

थप जानकारीका लागि:-

अध्यक्ष   -   टीकाराम मुलिचा    ९८४१८३०३१०

उपाध्यक्ष  -   राज कुमार सुनुवार  ९८४१२२०५३५

सचिव    -   नितेश सुनुवार       ९८४९१०२०५३

                 

Logon:  www.kuldeeptrust.org.np and www.bagaicha.com

 

२०६५ सालको प्रतियोगिताका निम्ति आएका सम्पूर्ण रचनाहरूलाई संग्रहको रुपमा प्रकाशित गरेकाले उक्त संग्रहको विमोचन पनि यहि कार्यक्रममा गरिने तथा यस पटक आउने सम्पूर्ण रचनालाई छनोट गरि अर्को संग्रहमा समावेश गर्ने जानकारी गराउँदछौं ।

 

आयोजक

कुलदीप सुनुवार स्मृति कोष समिति, धापाखेल ५, ललितपुर


ताजा खबरहरू / Recent Headlines


  • साहित्यकार र सामाजिक कार्यकर्ताबीच मैत्रीपूर्ण फुटबल खेल
  • साहित्यिक कार्यक्रम भव्यताकासाथ सम्पन्न
  • कुलदीप सुनुवार स्मृति कोष समितिले साहित्यिक जमघट कार्यक्रम गर्ने
  • कुलदीप सुनुवार स्मृति राष्ट्रिय कविता प्रतियोगिता २०६५
  • कुसुस्कोसले यसपटक छात्रवृति प्रदान गर्ने

  • Recent Literature
    सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
    पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
    आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
    अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
    Photo Galleries

    Un Photo Gallery

    Greetings

    Poem Competition 2066

    Poem Competition 2065