विकट गाउँमा कुसुस्कोषले \'कुलदीप सुनुवार स्मृति छात्रवृद्धि २०६८\' प्रदान गर्यो


Feb 18 2012 Saturday

ओखलढुङ्गा

कुलदीप सुनुवार स्मृति कोषले यस वर्ष \'कुलदीप सुनुवार स्मृति छात्रवृद्धि २०६८\' प्रदान गरिएको छ ।ओखलढुङ्गाको विकट गाँउ खिजिकातीमा अवस्थित श्री कुण्डली मा.वि.मा अध्ययनरत चार विद्यार्थीहरुले यो छात्रवृद्धि पाएका छन् ।स्व.कुलदीप सुनुवारको हरेक वर्षको मंसिर २६को वार्षिकीमा विभिन्न राष्ट्रिय स्तरका कार्यक्रम गर्दै आएको संस्थाले यस वर्ष स्व.कुलदीप सुनुवारले शिक्षा प्ररम्भ गर्नु भएको विद्यालयमा \'कुलदीप सुनुवार स्मृति छात्रवृद्धि २०६८\' प्रदान गर्ने घोषना गरेको थियो ।संस्थाले छात्रवृद्धिका लागि निर्देशिका समेत बनाएको थियो ।संस्थाले बिभिन्न आधार र सिमाहरु मध्ये मुलत विद्यार्थीको आर्थिक अवस्था, शैक्षिक स्तर, विद्यालयको र घरको दुरी, ‍समावेशी जस्ता आधारमा विद्यार्थिहरु छनोटमा गरेको थियो ।छात्रवृद्धि पाउनेहरुमा कक्षा ६ मा अध्ययरत मेलिना न्यौपाने कक्षा ७ मा अध्ययरत निसा सुनुवार, पूजन भुजेल तथा कक्षा ८ मा अध्ययरत सबिता तामाङ् छन् ।अबिभावक, शिक्षक, बिद्यार्थीहरुको उपस्थित रहेको कार्यक्रम गत माघ ३ गते भएको हो । कुण्डली मा.वि. स़ंजोरमा विद्यालय व्यावस्थापन समितिको सहयोगमा आयोजना गरिएको कार्यक्रममा सभापति विद्यालय व्यावस्थापनका अध्यक्ष खेमराज सुनुवार, प्रमुख अतिथि संस्थाका सचिव नितेश सुनुवार, विशेष अतिथि विद्यालय मुल समितिका अध्यक्ष रेखनाथ न्यौपाने, अतिथिमा अविभावक शिक्षक संघका अध्यक्ष शुभराज सुनुवार यस्तै अतिथिमा संस्थाका सदस्य थीर ब सुनुवार, शिक्षकहरु नारायणप्रसाद ढकाल, कृष्‍णबहादुर खड्का, नर बहादुर खड्का,कलमप्रसाद न्यौपाने, पदम सुनुवार आदि रहेका थिए ।कार्यक्रममा कक्षा ८मा अध्ययरत विद्यार्थीहरुले स्वागत गीत गाएका थिए, स्व. कुलदीप सुनुवारका शिक्षक समेत रहेका शिक्षक कृष्ण बहादुर खड्काले आफ्नो विद्यार्थीको निधनले आफु दुखित रहेको बताउँदै आफुले कुलदीपसँग विताएको समयको सम्झना गर्नु भयो । उनी एक महेनती र अनुसासित विद्यार्थी रहेको बताउँदै आफुले पढाएका बिद्यार्थीहरु मध्ये अंग्रेजी विषयमा माष्टर डिग्रि गर्ने उनी मात्र रहेको समेत बताउनु भयो ।\"मैले मेरो विद्यार्थीमात्र नभै एक असल गुरु समेत गुमाएको छु\" भन्दै खड्काले कुलदीप सुनुवारको आत्माको चीरशान्तिको कामना गर्दै उहाँको संस्थाको उत्तरउत्तर प्रगतिको कामना गर्नु भयो ।यस्तैगरी बिद्यालयका नारायणप्रसाद ढकालले स्व.कुलदीप सुनुवारले विद्यालयको शैक्षिक विकासका लागि गरेको सहयोगको चर्चा गर्दै उहाँको आत्मा शान्तिको कामना गर्नु भयो ।यस्तै बिशेष अतिथि रेखनाथ न्यौपानेले कुलदीप सुनुवारको निधनले भाव विह्वल बनाएको बताउँदै यस क्षेत्र लगायत सिङ्गो राष्ट्रले एक बहुप्रतिभालाई गुमाएको बताउनु भयो ।कुलदीप सुनुबार लगायत उहाँको परिवारले विद्यालय स्थापना गर्नका लागि ठूलो योगदान पुर्याएको बताउदै उहाँप्रति भावपूर्ण श्रृद्धाञ्ली अर्पण गर्नु भयो ।त्यसपश्चात प्रमुख अतिथिले छात्रवृद्धि प्रदान गर्नु भयो साथै कक्षा ५ देखि १० सम्म अध्ययनरत पहिलो, दोस्रो, तेस्रो विद्यार्थीहरुलाई अतिथिहरुले प्रति बिद्यार्थी ८ उत्तरपुस्तिका प्रदान गर्नु भयो ।कार्यक्रममा बिद्यार्थीहरुले कविता, गीत प्रतुत गरेका थिए ।बहुप्रतिभाका धनी दाई कुलदीप सुनुवारको निधनले सिङ्गो राष्ट्रले क्षति बेहोरेको बताउदै प्रमुख अतिथि नितेश सुनुवारले स्व. कुलदीपले गर्नु भएका कार्यहरुको चर्चा गर्नु भयो । कुलदीप सुनुवारका रूची उहाँले गर्न खोज्नु भएका अधुरा कार्य पुरा गर्न तथा उहाँलाई अमरत्व प्रदान गर्न संस्थाले बिबिध कार्यक्रम गदै आएको जानकारी दिदैँ छात्रवृद्धि निर्देशिकाका वारे प्रष्ट पार्नु भएको थियो ।दाई कुलदीप सृजनशील कार्य रुचाउनु हुने भएकाले संस्थाले पनि बौद्धिक सृजना गर्ने जो कोहिलाई पनि संस्थाले सहयोग गर्ने समेत बताउनु भयो ।साथै अन्त्यमा सबै बिद्यार्थीहरुलाई बधाई दिदै सृजनशील कार्यमा लाग्न आग्रह गर्नु भयो ।अन्तमा सभापति खोमराज सुनुबारले कुलदीप सुनुवार स्मृति कोषलाई धन्यबाद दिदै सबै बिद्यार्थीहरुलाई संस्थाका वारे जानकारी राख्न अनुरोध गर्नु भयो ।साथै भाबि दिनमा विद्यालयमा कुलदीप सुनुवारको नाममा बिबिध कार्यक्रम आयोजना गर्ने बताउनु भयो ।

कुलदीप सुनुवारको जन्म २०३५ पौष २६ गते पिता पूर्ण ब. सुनुवारको र माता लिलामाया सुनुवारको कोखबाट ओखलढुङ्गाको विकट गाउँ खिजी कातीमा भएको थियो । उहाँले गाउँकै विद्यालय कुण्डली प्रावबाट आफ्नो प्रारम्भिक शिक्षा थाल्नु भएको थियो ।त्यपछि काठमाडौँ आउनु भएका सुनुवारले एसएलसी ललितपुर स्थित त्रिपद्म विदाश्रमबाट यस्तै प्रमाणपत्र तह रत्नराज्यबाट स्नातक तह त्रिचन्द्र र स्नातकोतर काठमाडौँको काठमाडौ मोडल कलेजबाट गर्नु भएको थियो ।उहाँले सुनुवार सेवा समाज जिल्ला समिति ललितपुरको सचिव, पवनप्रकृति बोडिङ स्कुलमा शिक्षक, सृजनशील साहित्य प्रत्रिकाका अंग्रेजी सम्पादक तथा संयुक्तराष्ट्र संघको अनमिनमा रहेर नेपालको सशस्त्र युद्धको नेपाली सेना तथा माओबादीको हतियार अनुगमन कार्यको ब्याख्याकर्ता भएर कार्य गर्नु भएको थियो ।उहाँको संगीत र साहित्यको क्षेत्रमा बढि रुचि रहेको थियो ।उहाँका १० भन्दा बढि गीत रेकड भैसकेका छन् ।उहाँको मृत्यु २०६४ मंसिर २६ मा आकास्मत ह्रदयघातका कारण उहाँकै निवास ललितपुरमा भएको थियो ।


ताजा खबरहरू / Recent Headlines


  • साहित्यकार र सामाजिक कार्यकर्ताबीच मैत्रीपूर्ण फुटबल खेल
  • साहित्यिक कार्यक्रम भव्यताकासाथ सम्पन्न
  • कुलदीप सुनुवार स्मृति कोष समितिले साहित्यिक जमघट कार्यक्रम गर्ने
  • कुलदीप सुनुवार स्मृति राष्ट्रिय कविता प्रतियोगिता २०६५
  • कुलदीप सुनुवार स्मृति खुल्ला राष्ट्रिय कविता प्रतियोगिता २०६७....

  • Recent Literature
    सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
    पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
    आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
    अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
    Photo Galleries

    KSTM Kavita gosti pics ( 2065/6/4)

    Un Photo Gallery

    KMTC General Assembly

    Kuldeeps books & pen