साहित्यकार र सामाजिक कार्यकर्ताबीच मैत्रीपूर्ण फुटबल खेल


Sep 3 2008 Wednesday  

साहित्यकार र सामाजिक कार्यकर्ताबीच मैत्रीपूर्ण फुटबल खेल

२ सेप्टेम्बर, हङकङ/ काउलनको पिरन्स एडवार्डस्थित फुटबल मैदानमा हङकङमा रहेका नेपाली साहित्यकार तथा सामाजिक कार्यकर्ताबीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भयो । साँझ ६ बजेदेखि सुरु हुने भनिए तापनि आधाघण्टा ढिलो सुरु भएको खेलमा शुन्यको विरुद्ध ५ गोल गरेर सामाजिक कार्यकर्ताहरूको टिमले उक्त खेल जितेको थियो । याक एण्ड यती रेष्टुरेण्ट जोडर्नको आयोजनामा सम्पन्न उक्त खेल अति सौहार्दपूर्ण र रोमान्चकारी भएको थियो । हङकङको व्यस्त जीवनबाट केही समय बचाएर लेखन, चिन्तन र अन्य अधारभूत क्रियाकलापमा आफूलाई समर्पित गर्ने साहित्यकारहरु बिनापूर्व तयारी रातो जर्सि र रातै कट्टु लगाएर एकैचोटि खेल मैदानमा उत्रेका थिए भने नीलो जर्सि र निलै कट्टु लगाएर उत्सुक्ताका साथ सामाजिक कार्यकर्ताहरू पनि मैदानमा प्रवेश गरेका थिए । साहित्यकार तर्फबाट हाङयुग अज्ञात-गोलकिपर), दिनेश सुब्बा, प्रदिप कन्दङवा -कप्तान), के आर वाहिङ-गोलकिपर), कमल पौडेल, चन्द्र मादेन-उपकप्तान), नागेन्द्र श्रेष्ठ, जे बी राई, दिल पालुङ्वा, बिमल राई, डि बि पालुङ्वा लगायत अरु खेलाडिहरु मैदानमा उत्रेका थिए भने वैकल्पिक खेलाडिका रुपमा  नरेश सुनुवार, अशोक राई र हरि बहादुर लावती थिए । त्यस्तै सामाजिक कार्यकर्ताको तर्फबाट टिम कप्तान भूपेन्द्र चेम्जोङ, जीवन मेयाङबो, दिल प्रसाद चोङवाङ, इन्द्र वनेम, आइत सिं लिम्बु, प्रेम चोङवाङ, राज कुमार फोम्बो-ए, राज कुमार फोम्बो-बि, नारद राई, गजेन राई, अविचन्द्र इङनाम, दिल याक्सो, सुरेस सुब्बा, ओमराज सम्बाहाम्फे, मोति चाम्लिङ, बुद्धिमान राई, कृष्ण लावती, कमल लिङ्देन, दिल फोम्वो हुनुहुन्थ्यो भने रेफीमा कृष्ण लिम्बु हुनुहुन्थ्यो । करिब ४०-५० जनाको हाराहारीमा दर्शकहरु रहेको उक्त खेल अति रोचक थियो । दुवै टिमका खेलाडीहरूको खेल कलालाई हेर्दा सामाजिक कार्यकर्ता तर्फका खेलाडीहरू प्रायः क्लबबाट खेलिरहने प्रोफेसन खेलाडी देखिन्थे, त्यसैले उनीहरूको तर्फबाट अति आक्रमक खेल खेलिएको थियो भने साहित्यकारका तर्फबाट अति शालिन र भद्रताका साथ रक्षात्मक र प्रतिकात्मक खेल खेलिएको थियो । खेल सुरु भएको २५ औं मिनेटमा समाजसेवीको तर्फबाट ६ नम्वरका नारद राईले पहिलो गोल गर्नुको साथै उनले खेल अवधिभरीमा जम्मा ३ गरेका थिए भने आईत सिं लिम्बु र सुरेस सुब्बाले एक एक गोल गरेका थिए ।

           साहित्यकार तर्फबाट नागेन्द्र श्रेष्ठ र प्रदिप कन्दङवाले निक्कै राम्रा खेल प्रदर्शन गरेका थिए भने गोलकिपरद्वय हाङयुग अज्ञात र के आर वाहिङले कयौं खतरनाक गोल बचाएका थिए । खेल निर्णय टोलीका अनुसार कवि हाङयुग अज्ञात र कथाकार के आर वाहिङलाई मेन आफ द म्याच घोषणा गरिएको थियो । उक्त खेल आयोजना गर्नुको उद्देश्य बारे जिज्ञासा राख्दा याक एण्ड यतीका प्रबन्धक प्रदिप कदङवा भन्नु हुन्छ शारीरिक तन्दुरुस्ती र एक आपसमा भातृत्वको विकास होस् भन्ने मूल उद्देश्य अनुसार खेल आयोजना गरिएको बताउनु भयो र यो प्रतियोगिता प्रत्येक ६ महिनामा निरन्तर आयोजना हुने कुराको पनि खुलासा गर्नुभयो ।


ताजा खबरहरू / Recent Headlines


  • साहित्यिक कार्यक्रम भव्यताकासाथ सम्पन्न
  • कुलदीप सुनुवार स्मृति कोष समितिले साहित्यिक जमघट कार्यक्रम गर्ने
  • कुलदीप सुनुवार स्मृति राष्ट्रिय कविता प्रतियोगिता २०६५
  • कुलदीप सुनुवार स्मृति खुल्ला राष्ट्रिय कविता प्रतियोगिता २०६७....
  • कुसुस्कोसले यसपटक छात्रवृति प्रदान गर्ने

  • Recent Literature
    सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
    पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
    आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
    अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
    Photo Galleries

    KMTC General Assembly

    Kuldeeps books & pen

    Greetings

    कुसुस्कोस हाजिरी जवाफ प्रतियोगिता २०६९