अपील / Appeal


Family Request / अपिल


आदरणीय महानुभवहरू,

ओखलढुङ्गा जिल्ला खिजीकाति गाउँ विकास समिति वार्ड नं. ९ फोती निवासी वि.स. २०३५ साल पौष २५ गते जन्मेका यूवारत्न स्व. कुलदीप सुनुवारको २९ वर्षको अल्पआयूमै वि.सं.२०६४ साल मंसिर २६ गते असमायिक निधन भयो । उनी परिवारजनको मात्र नभएर समग्र समाज र राष्टकै लागि आशाको केन्द्रविन्दु र उदाउँदै गरेका तारा युवारत्न थिए । अब उनी भौतिक रूपमा हामीमाझ रहेनन् केवल स्मरणमा सिमित भएका छन् र जिउँदो अवशेषको रूपमा उनले छोडेका अधुरा सपनाहरू र अपुरा कार्यहरू मात्र बाँकि रहेका छन् । उनका यिनै अधुरा र अपुरा सपना पूरा गर्न र उनको अमरत्वलाई जिवन्त राख्दै भाषा, साहित्य, गीत, संगीत र कलाको उत्थान, प्रवर्द्घन र विकासको लागि सामाजिक सेवामूलक कार्य गर्न गराउनको लागि स्व. कुलदीप स्मृति कोष नामक विशुध्द  सामाजिक संस्था स्थापना गरेका छौं । यस कार्यको लागि आवश्यक केही पूर्वधार र जग बसाउने प्रयास भैरहेको छ । एउटा व्यक्तिको नाममा एउटा परिवार र केही शुभचिन्तकहरूको सिमित सक्रियताले मात्र यो महान लक्ष्य पूरा गर्न असम्भव हुँदो रहेछ । अझ प्रष्ट भन्नु पर्दा यसको निम्ति चाहिने आवश्यक श्रोत र साधन जुटाउन कुलदीप परिवार एक्लैले धान्न नसक्ने स्थिति रहेको छ र यसको मूल उद्देश्य सामाजिक सेवा तर्फ केन्द्रित भएकोले यसको स्वरूपले पनि ठूलै आकार लिन पुगेको छ । त्यसैले स्वेदश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली आदरणीय महानुभवहरुबाट खुल्ला हृदय र स्वच्छ भावनाले सल्लाह, सुझाव र सक्दो आर्थिक सहयोग गरी संस्थाको उद्देश्य र लक्ष्य पूरा गर्न र यस सामाजिक सेवामा सहभागी भई मद्दत गरिदिनको लागि कुलदीप परिवार सबैमा विनम्र अनुरोधका साथ अपिल गर्दछ ।

सहयोगदाताहरूको नाम, ठेगाना र प्राप्त रकमको विवरण उच्च कदर र प्राथमिक्ताका साथ कार्यालयको अभिलेखमा र यही वेभ साईटमा राखिने छ । आफूलाई लागेको जिज्ञासा यहाँहरूले जुनसुकै बेला पनि सोधपुछ गर्नका साथै हेर्नसक्नु हुनेछ ।

धन्यवाद ।


Recent Literature
सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
Photo Galleries

Scholarship Program 2068

कुसुस्कोस हाजिरी जवाफ प्रतियोगिता २०६९

Un Photo Gallery

KMTC General Assembly