कलमको मन


गोबिन्द लम्साल

मुरली भञ्ज्याङ्-५ धादिङ्ग

 

रातो प्लेट र्फममा

काला, निला, सेता र

रातै रंगका मसिहरू लिएर

म संविधान लेख्ने

तरखरमा छु ।

थाहा छैन कुन मसिले

स्पष्ट लेखिन्छ संविधान

मेरो प्लेटर्फम रातै छ

कतै आलो रातो, 

कतै सुकेको रातो त

कतै रातोमाथी रातैरंग

बारम्बार पोतिएका

धर्साहरू देखिन्छन् ।

 

हाम्रो बाजेले संविधान लेख्दा

कलश थापेर

कलशमुनि बसेर

संविधान लेखे रे

ति पूर्ण कलशको छत्रछाँयामा

अटेनन् शुक्रराजहरू ।

 

हाम्रो बुवाले संविधान लेख्दै गर्दा

गुरू मेरी चढाएर

गुरूको निगाहमा

संविधान लेखे रे

गुरूभेटीमा पनि विकेनछन्

शिवहरीहरू  !

संविधान कसैलाई मनपर्ने

एकथरी रंगले मात्र पोतिएको

बोर्ड हुनुहुँदैन,

संविधान कुनै रगंका ठेक्का

बोकेर हिडेका

रगं ठेकेदारहरूको

क्यानभास पनि हुनुहुँदैन ।

संविधानको प्रत्येक शब्दमा जीवनको रंग देखीनुपर्छ

संविधानको प्रत्येक मात्रामा

समानताको आभाव भेटीनुपर्छ

त्यसैले

रातो प्लेटफर्ममा

पूर्ण रंग र

सम्पूर्ण शब्दहरू लिएर

संविधान लेख्ने तरखरमा छु ।


Author - गोबिन्द लम्साल | Posted on Aug 6 2010 Friday | Views : 5560
कुसुस्को राष्ट्रिय कविता प्रतियोगिता २०६६


थप साहित्यहरू / Other Literature


  • रेवन चस्मा
  • क्यानभासमा देश
  • जीवनका मूल्यहरू
  • \"आखिर\"
  • यो देश आज

  • Recent Literature
    सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
    पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
    आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
    अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
    Photo Galleries

    Poem Competition 2066

    कुसुस्कोस हाजिरी जवाफ प्रतियोगिता २०६९

    KMTC General Assembly

    Poem Competition 2065