सडक


खुल्ला आकाश मुनि बसेर

म पहरेदारी गरिरहेँछु

इतिहासको लिखित अलिखित अध्यायहरूको

मलाई जम्मै थाहा छ

तोक र आदेशमा

कतिचोटि फर्फरायो यो देशको राष्ट्रिय झण्डा ?

-कसले खोज्यो निभाउन

विचारका राँकाहरू ?

 

कहाँसम्म फैलियो

जलाइएका झुपडीहरूको गन्ध ?

 

झोलाभरि

देशको गीत बोकेर

कोको गएका छन् सीमानाको खोजीमा ?

 

-कसले बजार्यो बुट

विधुवा र टुहुरा छातीहरूमा ?

 

कतिचोटि चिच्यायो

घण्टाघर

, को को ब्यूाझिए ?

मलाई यो पनि थाहा छ

यही शताब्दीमा भत्किने छ

मालिक र दासबीचको पर्खाल

यही शताब्दीमा फेरिने छ संविधान

 

यही शताब्दीमा

युगले-युगलाई सुम्पिने छ नासो

 

यत्तिखेर

खुल्ला आकाश मुनी बसेर

म पहरेदारी गरिरहेँछु

इतिहासको लिखित अलिखित अध्यायहरूको

, गुन्गुनाइरहेछु

यही शताब्दीमा फेरिएको

यो देशको राष्ट्रियगान ।

 

काठमाडौं

(कुलदीप सुनुवार स्मृति राष्ट्रिय कविता प्रतियोगिता २०६७ मा \\\"प्रथम\\\" पुरस्कृत कविता)


Author - प्रदीप राजभन्डारी | Posted on Dec 21 2010 Tuesday | Views : 5890
नेपाली साहित्य


थप साहित्यहरू / Other Literature


  • बाढी
  • आमासँग
  • प्रसङ्ग र अनुभूतिहरू
  • सपनाहरू सहिद हुँदा
  • वर्ग संर्घष

  • Recent Literature
    सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
    पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
    आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
    अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
    Photo Galleries

    KMTC General Assembly

    5th Punyatithi

    Scholarship Program 2068

    कुसुस्कोस हाजिरी जवाफ प्रतियोगिता २०६९