Sep 15 2008 Monday
२०६५-०५-१५ काठमाण्डु
कुलदीप सुनुवार स्मृति कोषको कार्यकारणी समितिको बैंठक यही मिति २०६५-०५-१४ गते सम्पन्न भयो । सल्लाहकार तथा विशेष आमन्त्रित महानुभावहरूको समेत उपस्थिति रहेको उक्त बैंठकले विभिन्न विषयमा छलफल गरी निर्णय गरेको छ । जस अनुसार संस्थाको उद्देश्य प्राप्तिका लागि समितिले विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै जाने भएको छ ।संस्थाले वार्षिक रुपमा साहित्य र संगित विधामा वितरण गरिने कुलदीप सुनुवार स्मृति पुरस्कार तथा पुस्तकालय स्थापनाको निम्ति कोष अभिवृद्धिको लागि आर्थिक संकलन गर्ने र पुरस्कारको बारेमा कार्यबिधि र पुर्वधार तयार गर्न तीन सदस्यीय उप-समिति गठन गरी १५ दिनभित्र नियमावलि तयार गर्ने जिम्मेवारी समेत दिएको छ । उक्त उप-समितिका संयोजकमा- राज कुमार सुनुवार, सदस्यमा- उत्तम सुनुवार र सल्लाहकारमा- अतित मुखिया रहनु भएको छ ।
समितिको बैठकले यहि मिति २०६५-०६-०४ गते शनिवारका दिन एक कविगोष्ठिको आयोजना गरि साहित्यिक जमघट गर्ने निर्णय पनि गरेको छ ।
बैंठकले यस संस्थालाई प्रवासमा रहेर पनि महत्वपूर्ण सहयोग पुर्याउनु हुने मानुभावहरुलाई प्रवासमा संस्थाको क्रियाकलाप बिस्तार गर्नको लागि निम्नानुसार मानुभावहरुलाई निम्न बमोजिम यस कुलदीप सुनुवार स्मृति कोष समितिको प्रतिनिधि तथा सल्लाकार समेत मनोनयन गर्ने निर्णय गरेको छ। मनोनयन भए अनुसार कवि श्री हाङयुग अज्ञात- सल्लाकार हङकङ र श्री बिजय मुखिया (सुनुवार) - प्रतिनिधि यू. के. हुनुहुन्छ ।
सचिव
कुलदीप सुनुवार स्मृति कोष समिति