Dec 12 2012 Wednesday काठमाडौँ, मंसिर २७
कुलदीप सुनुवार स्मृति कोष समितिले यस पटक
अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ ।संस्थाले ग्रामिण
स्तारको शैक्षिक अवस्थामा सुधारका लागि संस्थाले गत सालबाट ग्रामिण क्षेत्रमा
सहयोगको सुरुवात गरेको थियो। संस्थाले मंगलबार पुन्यतिथिको अवसर पारेर स्व. कुलदीप सुनुवारलाई श्रद्धाञ्ली
अरपर्ण कार्यक्रममा \' कुलदीप सुनुवार अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता
२०६९\' को घोषणा गरेको हो । प्रतियोगिताका लागि रामेछाप जिल्ला, कुबुँ काँस्थली
गाविस वडा नं.२ स्थित श्री
चण्डेश्वरी निमाविसँग सहकार्य गर्ने छ । संस्थाले स्व. कुलदीप सुनुवारको
वार्षिक पुन्यतिथिका अवसरमा विविध कार्यक्रम गर्दै आएका थियो ।संस्थाले भावि
दिनहरुमा अझै समाज सेवामा सक्रियता बढाउका लागि सल्लाहाकारका सल्लाहा अनुरुप यस
पटक हाजिरी जवाफ गर्न तथा कुशल नामक
बुलेटिन प्रकाशनमा ल्यान तथा कुलदीप सुनुवारको स्मृति ग्रन्थमा समेत ध्यान दिन
सल्लाहा दिएको थियो । संस्थाले यस्ता कार्यहरुलाई तत्काल अघि बढाउने भएको छ ।
कुलदीप सुनुवार पिता पुर्ण ब सुनुवार र माता लिलामाया सुनुवारका कान्छा छोरा हुन् । उहाँका ३ दाई र एक दिदी हुनुहुन्छ । २९ वर्षका अविबाहित कुलदिप सुनुवारको २०६४ मंसिर २६ गते आफ्नै निवास धापाखेल ललितपुरमा ह्रदयघातका कारण निधन भएको थियो । स्नाकोत्तरको थेसिस लेख्ने क्रममा रहेका सुनुवार सुनुवार सेवा समाज ललितपुर जिल्ला समितिका कार्यकारणी सचिव तथा माओवादी लडाकु हतियार अनुगमन संस्था अनमिनका भाषा अनुवादकका रुपमा कार्यरत हुनु हुन्थ्यो ।सानै देखि गीत संगितमा अभिरुचि राख्ने सुनुवारका १ दर्जन भन्दा बढि गीतहरु रेकड भएका छन् ।