कोषको बारेमा / About Trust


कुलदीप सुनुवार स्मृति कोष

यो संस्था ओखलढुङ्गा जिल्ला खिजीकाती गाउँ विकास समिति वार्ड नं. ९ फोती निवासी वि.स. २०३५ साल पौष २५ गते जन्मनु भएका यूवारत्न स्व. कुलदीप सुनुवारको २९ वर्षको अल्पआयूमै वि.स.२०६४ साल मंसिर २६ गते असमायिक निधन भएकोले र स्व. कुलदीप सुनुवारको अमरत्व जीवन्त राख्न उनको नाममा भाषा साहित्य, गीत संगीत कलाको उत्थान, विकास गर्ने र सामाजिक सेवामूलक कार्य गर्न र गराउनको लागी स्थापित "कुलदीप सुनुवार स्मृति कोष" नामक एक विशुद्ध सामाजिक संस्था हो ।

उद्देश्य

(क) स्व. श्री कुलदीप सुनुवारलाई मानवीय समाजमा उज्वल युवास्मृतिरत्नको रुपमा अमरत्व प्रदान गर्न उनको नाममा विविध सामाजिक सेवामूलक कृयाकलाप सञ्चालन गरी संस्थागत अनन्त जीवन स्थापित गर्ने ।

(ख) स्वर्गीय युवास्मृतिरत्नको रुचि अनुसार विविध भाषागत, साहित्य र संगीत क्षेत्रको विकासमा युवापुस्ताको संलग्नता बढाउन सो सम्बन्धि क्रियाकलापको मूलप्रबाह र शैक्षिक जागरणको वातावरण सृजना गर्दै विविध भाषा तथा साहित्यिक पुस्तक पुस्तिका, पत्र-पत्रिका प्रकाशन र व्यवस्थापन प्रणालीको स्थापना गर्ने ।

(ग) नेपालका विविध आदिवासी जन जातीय भाषा/भाषीहरूको साहित्यिक समुन्नतिको आधार तयार गर्न मातृभाषाको अध्ययन/अनुसन्धान, संकलन/अभिलेखन, लेखाई/पढाई तथा भाषा विकास कार्यमा यूवावर्ग र बाल-बालिकाहरूलाई प्रोत्साहन दिंदै शैक्षिक जागरण ल्याउन लघु-पुस्तकालय, भाषागत साहित्यिक तथा सांगीतिक पुरस्कार अक्षयकोषको स्थापना गर्ने ।

(घ) विभिन्न भाषा, साहित्य, संगीत तथा सामाजिक जनचेतना विकासकालागि संस्था मार्फत निरन्तर विद्वत बर्गका भेला, अन्तरक्रिया, सेमिनार, गोष्ठी, प्रवचन, प्रतियोगिता र प्रशिक्षण आदि विविध जनचेतनामूलक शैक्षिक जागरणमूलक कृयाकलाप संचालन गर्ने ।

(ङ) यूवास्मृतिरत्नको नाममा राष्ट्रिय/अन्तराष्ट्रिय तथा विविध आदिवासी जनजातीय भाषा अध्ययन/ अनुसन्धान तथा प्रशिक्षण संस्थाहरूसँग राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा कोषको सम्बन्ध बिस्तार गर्ने ।

सदस्यताको प्रकार

नेपाल अधिराज्य तथा अन्तराष्ट्रिय क्षेत्रमा समेत छरिएर रहेका विविध भाषाभाषी तथा साहित्यानुरागी तथा संगीत र सं‍‌स्कृतिकर्मी महिला तथा पुरुषहरू दफा ७ (क) र (ख) मा उल्लेख भए बमोजिम यस संस्थाको सदस्य वन्न सक्नेछन् । सदस्यता चार किसिमका हुनेछन् :-
(क) साधारण सदस्यता
(ख) आजिवन सदस्यता
(ग) संस्थापक सदस्यता
(घ) मानार्थ सदस्यता

आर्थिक विवरण

(क) सामान्यतया साधारण सभाले पारित गरेको कार्यक्रममा कार्यसमितिको निर्णयले खर्च गर्न सकिनेछ ।

(ख) अक्षयकोष, छात्रबृत्ति, तथा ठूलो धनराशी ब्यवस्था र खर्चको लागि संरक्षक समितिको परामर्श लिन सकिनेछ ।

(ग) नयाँ कार्यक्रमको लागि खर्च गर्नु परेमा प्रमुख संरक्षकको स्विकृति लिनु सकिनेछ ।

(घ) कार्यकारिणी समितिको निर्णयले खर्च गर्ने भनि स्वीकृत गरिएकोमा बाहेक अन्यत्र खर्च गर्न पाइने छैन । तर अपरझट कार्यको लागि अध्यक्षको अनुमतिबाट कोषाध्यक्ष वा सचिवले रु १००० (एक हजार) सम्म थैलीखर्च गर्न सकिनेछ । उक्त खर्च पछि लगत्तै बस्ने कार्यकारिणी समितिको बैठकले समर्थन गर्नु पर्नेछ ।


कार्यकारिणी समिति

संस्थाको दैनिक कार्य संचालनको लागि दफा १९ बमोजिम गठन हुने एक कार्यकारिणी समिति रहनेछ । यस संस्थाको कार्यक्रम सन्चालन गर्न विभिन्न गाउँ/क्षेत्रमा शाखाहरू खोल्न सकिनेछ कार्यकारिणी समितिको गठन संस्थाको दैनिक कार्य संचालन गर्न सबैभन्दा माथिल्लो तहको निकायको रुपमा ९ देखि ११ जनासम्म बिजोडी संख्याको सदस्यहरू भएको एक कार्य कारिणी समिति रहनेछ । कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यहरू केन्द्रीय समितिमा देहायका पदधिकारी तथा सदस्यहरू रहनेछन :-
(क) अध्यक्ष ......... १
(ख) उपाध्यक्ष ...... १
(ग) सचिव ........... १
(घ) सह-सचिव .... १
(ङ) कोषाध्यक्ष ..... १
(च) सदस्यहरू ..... ४ देखि ६ जना सम्म ।
जम्मा ९ देखि ११ जना सम्मको विजोडी संख्या रहनेछ ।


सस्थापक समितिका पदाधिकारीहरू

    Tikaram Sunuwar    
   

टीकाराम मुलिचा
अध्यक्ष

   
       
   

राज कुमार सुनुवार
उपाध्यक्ष

   
   
 

नितेश सुनुवार
सचिव

सागरकृष्णा सुनुवार
सह-सचिव

नानु मैया सुनुवार
कोषाध्यक्ष

 
   
 

समिर सुनुवार
सदस्य

उत्तम कुमार सुनुवार
सदस्य

सृजना सुनुवार
सदस्य

 
   
 

सुशिला सुनुवार
सदस्य

ओम बहादुर सुनुवार
सदस्य

नबिन सुनुवार
सदस्य

 

सल्लाहकार परिषद

कार्यकारिणी समितिलाई संस्थाको उद्देश्य प्राप्तिमा सहज गराउन उचित सरसल्लाह दिन र संस्थाको उद्देश्य र नीति विपरीत कार्य नहोस भन्ने हेतुले विभिन्न सामाजिक क्षेत्रमा रहेका प्रतिष्ठित एवं बुद्घिजीवी सुनुवार महानुभावहरू लगायत आवश्यक्त महशुस भएमा अन्य क्षेत्रबाट समेत गरि ३ देखी ७ जनासम्म सदस्य रहेको एक सल्लाहकार परिषद् रहनेछ ।

वर्तमान समितिका सल्लाहकार पदाधिकारीहरू

(१) लोकप्रिय सुनुवार
(२) ईश्वर किरण सुनुवार
(३) डा. लाल रापचा ष्याँकारेलु
(४) हाङयूग अज्ञात
(५) रणविर सुनुवार

संस्थाको छाप



स्पष्टीकरण

संस्थाको छापमा निम्न विवरण हुनेछन् :-
(क) गोलाकार छापको पूर्ण बृत्त ४.से.मी. हुनेछ ।
(ख) गोलाकार घेराभित्रको माथिल्लो भागमा "कुलदिप सुनुवार स्मृती कोष" लेखी तल्लो भागमा ललितपुर, नेपाल लेखिएको हुनेछ ।
(ग) बीचमा संस्थाको "प्रतिक चिन्ह" रहेको हुनेछ ।
(घ) प्रतिक चिन्हभित्र बलेको ज्योतिको बायाँतिर "स्थापना" र दायाँतिर "२०६४" उल्लेखित हुनेछ

संस्थाको प्रतिक चिन्ह

 

स्पष्टीकरण

संस्थाको प्रतिक चिन्हमा निम्न विवरण अंकित हुनेछ :-
(क) लम्बाई ६ से.मी, चौडाई ४.५ से.मी.(प्याडमा) र साइनबोर्ड वा अन्यमा त्यही अनुपातमा ठूलो/सानो बनाउने ।
(ख) केन्द्रीय भागमा दियोमा बलेको बत्ती अंकित भएको ।
(ग) बत्तीको ज्वाला भित्र कुलदिपको रेखाचित्रमा तस्विर, बाहिरि भाग सेतो बत्ती ।
(घ) तल्लो भागमा कलात्मक अर्धचन्द्राकार गाढा निलो फित्तामा सेतो अक्षरमा "कुलदिप सुनुवार स्मृति कोष" लेखिएको हुनेछ ।
(ङ) दियोको रङ्ग रातो ज्वाला सेतो ।
(च) अस्तित्वको दुई आँखा दियोमा समावेश ।
(छ) प्याडमा साधा हुनेछ ।


Recent Literature
सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
Photo Galleries

Un Photo Gallery

KMTC General Assembly

Village Photos

कुसुस्कोस हाजिरी जवाफ प्रतियोगिता २०६९