सडक (प्रथम)


खुल्ला आकाश मुनि बसेर
म पहरेदारी गरिरहेाछु
इतिहासको लिखितअलिखित अध्यायहरूको ।
मलाई जम्मै थाहा छ
तोक र आदेशमा
कतिचोटि फर्फरायो यो देशको राष्ट्रियझण्डा ?
क-कसले खोज्यो निभाउन
विचारका राँकाहरू ?

कहाँसम्म फैलियो
जलाइएका झुपडीहरूको गन्ध ?

झोलाभरि
देशको गीत बोकेर
कोको गएका छन् सीमानाको खोजीमा ?

क-कसले बजार्यो बुट
विधुवा र टुहुरा छातीहरूमा ?

कतिचोटि चिच्यायो
घण्टाघर
र, कोको ब्यूाझिए ।
मलाई यो पनि थाहा छ
यही शताब्दीमा भत्किने छ
मालिक र दासबीचको पर्खाल ।
यही शताब्दीमा फेरिने छ
संविधान ।

यही शताब्दीमा
युगले-युगलाई सुम्पिने छ नासो

यत्तिखेर
खुल्ला आकाश मुनी बसेर
म पहरेदारी गरिरहेाछु
इतिहासको लिखितअलिखित अध्यायहरूको
र, गुन्गुनाइरहेछु
यही शताब्दीमा फेरिएको
यो देशको राष्ट्रियगान ।

प्रदीप राजभन्डारी (काठमाडौ)

Author - प्रदीप राजभन्डारी (काठमाडौ) | Posted on Dec 23 2010 Thursday | Views : 14504
कुसुस्को राष्ट्रिय कविता प्रतियोगिता २०६७


थप साहित्यहरू / Other Literature


  • अहम् (सान्त्वना)
  • आगोको भोक (तृतीय)
  • पागलहरू (द्घीतिय)

  • Recent Literature
    सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
    पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
    आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
    अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
    Photo Galleries

    कुसुस्कोस हाजिरी जवाफ प्रतियोगिता २०६९

    Family Photos

    Scholarship Program 2068

    Un Photo Gallery