पागलहरू (द्घीतिय)
जे देख्छन्, त्यही लेख्छन्
जे भोग्छन्, त्यही बोल्छन्
जे सुन्छन्, त्यही सुनाउाछन्
यौटा बालकजस्तो
सधैासधैा निर्भिक उभिएर
निर्भय सत्य ओकल्छन्
पागलहरू ।
पागलहरूलाई
फेरि पागल हुनाको डर हुादैन
पागलहरूलाई सज्जन हुने रहर पनि हुँदैन ।
पागलहरू
आफ्नै लयमा गाउाछन्
आफ्नै तालमा नाँच्छन्
आफ्नै भाषामा हाँस्छन्
आफ्नै भाषामा रून्छन्
सज्जनहरूजस्तो
कसैको इशारामा
केही पनि गर्दैनन् पागलहरू ।
पागलहरू जान्दैनन्
आत्मा क्रयबिक्रयको व्यापार
जान्दैनन् सत्यको घाँटी रेट्न
र, जान्दैनन् समयलाई उल्टो घुमाउन ।
पागलहरू यत्ति जान्दछन्
आफू हिाडेको बाटो आफ्नै हो
आफू हिाडेको छानो आफ्नै हो
आफूले देखेको घाम आफ्नै हो ।
पागलहरू
सज्जनहरूको जस्तो
जान्दैानन् देश छोडेर परदेश ।
रिसाए भने पागलहरू
थुकिदिन्छन् सज्जनहरूको ईश्वरमाथि ।
हिर्काउाछन् - ढुङ्गा
झोस्छन् - आगो
उठाउाछन् - मुठ्ठी
त्यत्तिमात्र होइन
रिसाए भने पागलहरूले
च्यात्छन् धमिराले खाएको देशको नक्शा ।
ताराप्रसाद गिरी (गुल्मी)
Author -
ताराप्रसाद गिरी (गुल्मी) | Posted on
Dec 23 2010 Thursday | Views : 14102
कुसुस्को राष्ट्रिय कविता प्रतियोगिता २०६७