समाज सेवाहरू / Social Services


समाजिक सेवा

मान्छे जन्मिदा एउटा शुद्ध कच्चा पदार्थको रुपमा जन्मन्छ र उ जस्तो वातावरण र माहौलमा घुलमेल भएर हुर्किन्छ पछि गएर उसले त्यही रुप लिन्छ । भनौ एउटा बालकको भविष्य ऊ हुर्केको वातावरणमा निर्भर हुन्छ । सो अनुरुप कुलदीप सामाजिक सेवामा समर्पित परिवारमा जन्मेर हुर्के । त्यसैले सानै छादा देखि त्यही वातावरणमा ओतप्रोत भएर हुर्किने मौका पाएँ । त्यसैको असरले होला विद्यालयमा साथीहरुसँग रहदा होस् वा अन्य सामूहिक परिवेशमा रहदा होस् उनि आफ्नो सानोतिनो समस्याहरुलाई थाति राखेर अरुलाई मद्दत गर्दथे । जति परिपक्व हुँदै गए त्यही अनुपातमा व्यक्तिलाई भन्दा परिवार र परिवारलाई भन्दा समाज र समूहको स्वार्थ र हितलाई सर्वोपरि ठान्दथे । यही स्वाभावका कारण उनि सवैको प्यारो र चासोको व्यक्ति बन्न पुगेका थिए । अध्ययन र अध्यापन गराउँदा गराउँदैको व्यस्त अवस्थामा पनि समय निकालेर सुनुवार सेवा समाज केन्द्रीय समितिको प्रथम अधिवेसन देखि स्वयं सेवकको रुपमा निरन्तर आवद्घ रहेर विविध क्षेत्रमा सामजिक सेवामा समर्पित हुँदै आएका कुलदीप २०६२/०४/१५ मा सुनुवार सेवा समाज ललितपुर जिल्ला समितिका सास्थापक सचिव भएका थिए । उक्त समितिमा अध्यक्ष-मनप्रसाद सुनुवार, उप-अध्यक्ष भिमावती सुनुवार, सह-सचिव एन्डी सुनुवार, कोषाध्यक्ष लाल बहादुर सुनुवार र सदस्यहरु- शान्त कुमार सुनुवार, पम्फादेवी सुनुवार, तारादेवी सुनुवार, सुरेसराज सुनुवार संलग्न रहनु भएको थियो । कुलदीप समाज सेवी हुनुकासाथै समयको गतीसँगै चल्नसक्ने, दुरदृष्टि भएका, तार्किक निर्णय र निष्कर्स निकाल्न सक्ने जेहेन्दार व्यक्तित्व भएको हुनाले उनि संलग्न रहेको उक्त कार्य समितिले छोटो कार्यावधि भित्रै विविध क्रियाकलापहरु सम्पन्न भएका थिए । जो निम्न प्रकार छन्:-

  • सुनुवार सेवा समाज ललितपुरको प्रथम बाषिर्क सधारण सभा २०६३/०४/१३ भव्यताका साथ सम्पन्न भएको थियो । जो केन्द्रले पनि यत्तिको भव्य रुपमा साधारण सभा गरेका छैन, जसको योजनाकार, कार्यपत्र तथा प्रतिवेदन प्रस्तोता स्वयं कुलदीप थिए ।
  • संस्थाको आर्थिकवृद्घी गर्न तथा शव वाहन एम्बुलेन्स खरिद गर्ने उद्देश्यले २०६३ को दशैमा दशैचिठ्ठा कार्यक्रम तथा तिहारमा द्यौसिभैलो कार्यक्रम गरी लगभग ने.रु. २ लाख रकम संकलन गरिएको थियो ।
  • युवाहरुलाई कुलतमा फस्नबाट जोगाउन तथा कुलतमा फँसि सकेकाहरुलाई सुधार्ने लक्ष्य लिएर विविध कार्यक्रम संचालन गर्नको निम्ति मिति २०६३/०७/१७ मा ललितपुर युवा समिति गठन भएको थियो, उक्त समितिको स्वयं उनि संस्थापक थिए ।
  • सुनुवार सेवा समाजको वैधानिक लक्ष्य अनुसार संस्कृति संरक्षणको खातिर मिति २०६३/०२/२० मा कोइँच संस्कृति बाजा ढोल, झ्याम्टा संकलन तथा व्यवस्थापन गरियो ।
  • मिति २०६३/०९/०१ मा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । यस कार्यक्रमका उनि संयोजक तथा कार्यक्रम संचालक थिए ।
  • अधिराज्य भरि छरेर रहेका सुनुवारहरुमा एक आपसमा मित्रता, भातृत्व र समन्वय गर्नको लागि सहयोग पुगोस भन्ने मूल उद्देश्य लिएर मिति २०६३/०९/२७, २८ र २९ मा अधिराज्यब्यापि सुनुवार महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको थियो ।
  • २०६३ आदिवासी जनजाति आन्दोलनमा सुनुवार सेवा समाजको तर्फबाट उनको अगुवाईमा सहभागिता जनाएको थियो ।
  • कोइँच भाषालाई जीवित राख्न र भाषा बोल्न नजान्नेहरुको लागि प्रशिक्षण दिनको लागि मिति २०६३/०९ मा भाषा प्रशिक्षण समितिको गठन गरिएको थियो । यस समितिका उनि संचालक थिए ।
  • सुनुवार सेवा समाज ललितपुरद्वारा प्रकाशित २०६३ सालको भित्तेपात्रो प्रकाशन गरिएको थियो ।
  • २०६३ सालको ष्याँदर आयोजक समितिमा कुलदीपले संयोजकत्व गरेका थिए ।
  • सुनुवार सेवा समाज ललितपुरद्वारा मिति २०६३/०८/०९ शव बहान खरिद गरिएको थियो ।
  • कुलदीपको संयोजकत्वमा मिति २०६३ साल कार्त्तिक १६ गते ठूलोदुर्लुङ गा.वि.स. ललितपूरमा गई सु.से.स. गाउँ ईकाई समिति गठन । आदि इत्यादि ।

Recent Literature
सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
Photo Galleries

Village Photos

Family Photos

Poem Competition 2065

KMTC General Assembly