खै त हाम्रो पहिचान


          सुरेश राज सुनुवार \'अन्जानयात्री\'

खै हाम्रो आफ्नो नेपालीपन
कता हराए हाम्रा संस्कृतिहरु
आज किन मौन छ नेपाली समाज
यहाँ भित्रीसके पश्चिमी विकृतिहरु ।

आधुनिक सभ्यताको हावासँगै बहेर
बैरीसँग हातेमालो गर्दै,
रङ्गी बिङ्गी बत्तीको झ्ल्याक झुलुकमा

कल्पनाको महलमा दिवा स्वप्न देख्नेहरु
कुल्ची सक्यो टोपीहरु अनि
च्याती सक्यो चौबन्दी र फरियाहरु
लोकभाकासँगै रिमिक्स र पप संगित मुछिएको छ
मादल सारङ्गीको तान खुकुलिएको छ
खै कस्ले उठाई दिने हो

कुल्चिएका अस्तित्वका टोपीहरु
चौबन्दी र फरियाहरु ?
सबै यहाँ र्‍याप र डिस्कोमा मस्त छन्

खै कस्ले सुनिदिने हो हाम्रा लोक भाकाहरु
सबै यहाँ ड्रमसेट र गितारमा मस्त छन्
लोक भाकामा संस्कृति गाउँने कलाकारहरु

आज फूटपाथमा भृटिन थालेका छन्
मलाई डर लाग्न थालीसकेको छ
भोलि नेपालीको ढुकढुकीमा नै
पश्चिमी मुलुकबाट झिकाउन त पर्दैन ?
नत्र विचार गर्नुहोस हैं

नेपालीको प्रत्येक काम काबाहिमा
विदेशीको रिमोटले श्रीगणेश गर्दैछ ।
त्यसैले मैले भन्ने गरेको छु
काठमडौंमा आन्दोलन गर्दा
दिल्ली र वसिङ्गटनबाट हेर्नुपर्छ

बालुटारमा बैठक बस्दा
भारत र अमेरिका हल्लिने गर्छ
अब प्रत्येक नेपालीमा
चेतना विजारोपण नगरे

जालो लागेको मादल र सारङ्गी नपुछे
च्यातिएको चौबन्दी र फरिया नसिलाए

कुनामा थन्काइएका टोपि नखोजे
भोली नेपालीको वकालत गर्ने नेताहरु
आज सत्ता र सौखमा डुब्न थालेका छन्
त्यसैले,
म भन्छु खै त हाम्रो पहिचान
कता हराए हाम्रा बोली र भावनाहरु
किन मौन छन् नागरिक समाजहरु ?
खै आज जीवन र जगत प्रतिको अभिलाषाहरु ???


Author - सुरेश राज सुनुवार \'अन्जानयात्री\' | Posted on Apr 15 2009 Wednesday | Views : 9162
कुसुस्को राष्ट्रिय कविता प्रतियोगिता २०६५


थप साहित्यहरू / Other Literature


  • जीवन सपना र मृत्यु
  • म हङकङ भइसकेछु
  • आजको शिक्षा पद्घति
  • बेरोजगारीको पिडा
  • जिन्दगी

  • Recent Literature
    सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
    पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
    आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
    अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
    Photo Galleries

    KSTM Kavita gosti pics ( 2065/6/4)

    Scholarship Program 2068

    Flowers

    Family Photos