कुलदिपलाई पहिलो चिठी


कुलदिपलाई पहिलो चिठी
टीकाराम मुलिचा
खिची परसार ओखलढुङ्गा
१६ माघ २०६४,

लो है कुलदिप भाई,
तिमी भन्दा पहिले जन्मिएको,
मुक्तिमा पछि पर्ने दाईको, जुनीभरीलाई प्रगाढ सम्झना ।।
शान्ती मिलोस, तिम्रो आत्मलाई, अनि महिमायुक्त आनन्द,
मेरो यो आत्मीय बन्दना ।।

भाइ पहिलो चिठी तिमीलाई । जीवनमा अगाडि कहिल्यै लेखिएन । यसलाई स्विकार्छौ नै होला । एकोहोरो मनले यही भन्छ । खुदमा त तिम्रै मर्जी । मेरो बिश्वास यस्तै हो । २०६४ मार्ग २६ प्रभातदेखि । संसारमा सबैलाई सदालाई छाडेर । तिमी नमालुम एकान्त गयौ । अब सशरीर भेट हुदैन । साश्वत सत्य यही हो । तिमिसँग गनथन धेरै छन् । पहिले धेरै बातबेली भएनन् । बच्चा थियौ । पछि कच्चा भयौ । सच्चा बन्दै थियौ । सानिध्य थिएन । अहिले टाडै भयौ । बेलीबिस्तार भएन । छोटो भेटघाट । छोटै बार्ता । फुर्सद् थिएन क्या रे ? अब त होला । गौढ गर्नु । बुझ्ने प्रयास गर्नेछौ । एकोहोरो सम्बाद । तापनि नियमित गरौंला । आत्मीय भेट हुनेछ । अरु बिस्तारमा ।
तिमीलाई याद छ कि ? २०३५ साल हिउदको । पौष २५ गते शुक्रबार । शायद मध्य छक्काल छ । १२.३० बजेतीर होला । एउटा शिशु जन्मन्छ । खासमा निश्चित थिएन । दिन बार समय मान्छे । तिमी नै हौ भनेर । खुदमा तिम्रो ख्यालै थिएन । तर तिमी पो रहेछौ । हेर टुप्लुक्कै आईपुगे छौ । अलि आत्तियौ क्या र ? कति खरो र छुच्चो ? जोढै रोयौ नि, गाठे अत्यास लागे झै छटपटिएर । तिमी जति रोयौ । त्यती नै अरु हाँसे । कतै कतै खुशीले गुदगुदिएर । जब तिमी रोयौ नि, तब पो सबै हाँसे । कस्तो बिडम्बना थियो त्यो ? तिमी दूखि, अरु खुशी । अबुझले बुझ्न सकेनन् तिमीलाई । तिमीले पनि क्यै भनेनौ । किन रोयौ ? तिमि भनेर ।
तिमी आउदाको क्षेण । बज्यू कति खुशी कति ? अन्यौलको त्यो बेला । भित्रको भ्रूण छुटि्टन्नथ्यो फोतीमा । आउदा पनि एक्कासि । जादा पनि त्यस्तै एक्कासि । अचम्म तिमी जादा पनि शायद बज्यू नै खुशी होलिन् । सबैभन्दा प्यारो सानु नाती । अरुभन्दा पहिले नै पाएर ।
अँ तिमी बिचित्रका छौ । यहाँ भन्नै पर्ने छ । डर छ, रिसाउछौ कि ? तै पनि देख्नु पर्दैन । केवल मनको महशुस हो । तिमीलाई गाली धेरै गर्नुछ । एउटा भन्छौ, अर्को गर्छौ । खासमा भने झै गर्दोरहेन छौ । वा भन्छौमात्रै गर्दैनौ । अहिले थाहा भई सक्यो । ज्यादा गोप्य रहेछौ । जेहोस शुरुदेखि जाउँ, सुन मेरोपनि गुनासो छ यसमा । तिम्रो गोप्यता नराम्रो लाग्यो । नत्र भन्नु पथ्र्यौ हैन ? २९ बर्षसम्म भूलायौ । कसैलाई केही नभनी त्यसरि । सुटुक्क आधीरातमा जान पाईन्छ ? कप्टी भयौ, कुरा छिपायौ । जीवनै उठायौ । अनुहारै लुकायौ । ऐना बिसायौ । एक्कासि रुवायौ । तिम्रोचाँही चित्त बुझे पनि अरु कसैको बुझेको छैन । आफूलाई बुझ्दैमा मात्रै हुदैन । अरुको बुझ्नु पर्दैन ? बिस्तारै भनौला, बयानै गरौंला ।
एउटा संयोग नै थियो । जन्मिदा पहिलो देखभेट आमासागै । मृत्यूपछिको पहिलो भेटपनि आमासंगै । पहिलो दृष्टि आमाले पाईन् । पहिले पौष २५ अनि । अहिले मङसिर २६, बिहानै । २९ बर्ष फरक । संसारमा आईपुग्दा तिमी रोयौ । अरु हाँसे । संसारबाट जाँदा तिमी शान्त । अरु कहालिदै रोए । आउदा जतीजना हासे नि ? जाँदा दशौगुणा बढी रोए । जन्मिदा कतीजना थिए होलान् ? जादा त्यसको दशौं गुणा । आँउदा हात गोडा छट्पटायौ । जादा अचल भएर देखायौ । बिचित्रै भयो । बिक्षिप्तै बनायौ । नाम कुशल, बोली असल । आफ्नो बग्येको प्यारो ''सानु'' । कुलको "रानू" पनि भयौ । अब त कुलकोमात्रै हैन । शायद बंशको बन्नु पर्छ । त्यसकालागि सबै बंशबन्धूहरू । तिम्रा नाममा गोलबन्द हुदैछन् । एकाङ्ग हुदैछन् । ठोस सन्देश दिनेछौ । जसरिपनि तिमीले जोड्नुपर्छ ।
यहाँ फेरि अरु सुन एउटा अर्को ठ्याम्मै संयोग । जन्मियौ पौष २५ गते । अल्पियौ मङसिर २६ गते । अझ पार्‍यो नि मध्यरात । आउदा दिनको १२.३० मध्यान्ह । जादा झण्डै रात्रीको मध्यान्ह । जादो २५ गते, आउदो २६ गते । २०६४ मङसिर । पछिल्लो दिन बिहानमात्रै थाहा । मान्छे जतिलाई महा अचम्म जीवनमा आश्चर्य नै पारेको । नसोचेको बिश्वास लाग्नै गाह्रो । २९ बर्षको अन्तराल ठ्याक्कर्‍याक्कै । त्यसैले तिमी कुलदिप भएनौ संयोगको पोको हौ क्या ? तिमी अचम्मको पोको हौ । आयौ, रणभूल्लमा पार्‍यौ गयौ । अचम्म आउदा आखा बन्द थियो । जादा पनि उस्तै । आउदा सर्बाङ्ग नाङ्गो थियौ । जादा त्यस्तै बन्यौ । तर एउटा फरक । आउदा हातखुट्टा धेरै छट्पटायौ । जादा शान्तीमय निश्चल आनन्द ।
वास्तवमा तिमी जीवित रहुञ्जेल । खासखास त थाहा थिएन । शौखिन प्रबृत्ती अन्तिममा देखियो । परलोक गएको दिनमात्रै पो । अवाक् शरिरको प्रकृति हेरेर । जानियो र बुझियो भनौ पलङमाथि बिछ्याईएको बिदेशी गद्दा । त्यसमाथि सपक्क बुट्टे तन्ना । नरम मुलायम् देखिने तकिया । सलक्क सिधा अढयाएको शीर । बिसाईएको दाँया हातको कुहिनो । आरामसाग हत्केलाले छोपिएको दाँयाछाती । शरिरसागै समरुपले टाँसिएको देब्रेहात । देब्रे खुट्टा सरक्क सिधा । पलङ्को खुट्किलोमाथि अडिएको टक्क । केही खुम्चिएको दाहिने घुँडा । घुँडा बिस्तरामा मिलेको । कलेजी चारखाने भुवादार पल्लामा । असाध्यै नरम् मुलायम् सिरक । सरक्क घाटिसम्म ढाकेर ओढेको । तर बढो आरामदायी ऐश । देख्दा भनेको जस्तो लाग्छ- "अब एकछिन आराम गरौं । निदाउनु पर्‍यो । कसैले बाधा नगर्नु ल ?" भनेर निदाएको जस्तो दे्खिन्थ्यौ । नत्र तेस्तो निन्द्रा हुदैन ।
मलाई त लागेको थियो- "तिमी आजदेखि मसाग टेढिएछौ । कारण सदा झै बोलेनौ ।" हुन त मैले पनि । तिमीलाई आवाज दिन सकिन । निदाएकोलाई बिउझाउनु अपराध भनेर । साच्चै तिमी निन्द्रामा थियौ । बिर्सनु हुदैन । तिमी रउसे थियौ रे । तैपनि धेरै गीतहरु सुनिएनन् । कतै नाच्यौ कि ? त्यो पनि नजर परेन । तर एउटा गीतको याद-"सिपाही कराउने, तीन दिन भेटभो जालमाया, तीन बर्षै हराउने"। ककनीको बनभोज स्थलमा सुने । सुनुवार सेवा समाजको बनभोज । कति रमाईला थियौ ? साच्चै ।
अँ भाई, बोर्डिङमा पढेनौ । गाउको स्कुलमा पाच तर्‍यौ । रोकिदै पढन राजधानी आयौ । पाटनबाट प्रबेशिका पास गर्‍यौ । सुनुवार केटो भएर पनि । शिक्षालाई नै महत्व दियौ । भाषा शिक्षा रोज्यौ । सुनुवार केटो भएर पनि । माथिल्लो खुट्किला सम्म नै । तर ब्यकार हाम्रो लागि । समाजकोलागि, सुनुवार जातको लागि, मूलिच थरीको लागि, अरु थिएनन् मुलिचमा भाषामा स्नातकोत्तर । मुलिचको दिप बल्दै थियौ । तर निभ्यौ शारिरिक भौतिक रुपमा । बरु छैनन् । हेर भाइ, जन्मले कान्छो । तर हुनामिले जेठो भयौ । जन्मैले जेठो भए हुन्थ्यो । कर्मले पनि त्यस्तै भयौ । पारिवारिक ब्यवस्थापन कार्यभारले पनि । त्यस्तै साह्रै बुढो बनायो । परिस्थितले आफ्नो बुबाको बुबा । सबै दाज्यूहरूको नै दाज्यू । जीवन मुक्तिक्रम त्यस्तै बनायौ ।
मेरो मानसपटलमा उनी मुस्कुराउछन् । उनको तस्बीर खोज्छन्- दाई कुलदिपको दिमागी तस्बीर छ ? दाज्यूले हुबहू भन्नै पर्छ । म भन्न थाल्छु- यस्सो झलक्क हेर्दा भनौ । लाम्चो अनुहार चाक्लो निधार । सलक्क नाँक, चिम्सा आँखा । मसाईलो गालामा यस्सो खाल्टो । तुलनात्मक लालवर्ण गहुँगोरो अनुहार । पातला ओठमा मिलेका दन्तहार । ठूला कान, स्पष्ट रुद्रघाँटी । मझौला कद् पाच तीन । घुँगुरिन खोज्ने काला कपाल । मसिना कैला जुघाका रेखी । नारायण गोपालकै नक्कली स्वर । फरासिलो मिजास हासिलो सुबास । हासो 'हःहह...' सम्म सुनियो । तर 'हाः हा हा...' सुनेको छैन । बोली कम तर ठोस । तौलपूर्बक पर्याप्त । कुरा नफेरिने स्पष्ट बचन । दिमागी तस्वीर यिनै हुन् । खानामा सामान्य, । तैपनि बिशेष रुचीहरू । निल्न सजिलो भएर होला । खानमा केही जागर लाग्दो । तिम्रो मनपर्दो खाना सम्झादा । दिदीकै भनाईमा ढीडो सोल्दर । खासगरी महीको सोल्दर असाध्यै । गोयम्-किन्मा पनि हासेर खान्थ्यौ । भुटेको मकै भटमास छाडेनौ । उता रीता दिदीको सामुन्यमा । आलु परौठा निकै जान्थ्यो । दाज्यूहरूको नजरमा असाध्यै । तिमीलाई दही मन पथ्र्यौ । झाँक्रीले पनि त्यही देखाए । दही चाँही हो क्यार किनभने चिन्ता बस्दा लगातार । मागीमागी एकोहोरो दही खाए । झन्नै आठ दश गीलास । बडो अचम्म देखाएका थिए । मह झन उस्तै अरे । पहिरनमा शीरपोष लाएको देखिन । मयलपोषमा त देखिएन नै । खासै रुचिका पोशाक छुटिएनन् । किनभने बिशेष प्रकारको देखिएन ।
एकदिनको कुरा याद छ । स्थान ठिमी नयाँ चोक । दाई नरेसको कार्पेट उद्योगमा । म पनि त्यहाको पाहुँना । शायद पैसाको चटारो थियो । झलक्क याद आउछ । एउटा छोटो सम्बाद थियो । त्यो दिनको सानो ठट्टा । नजिकै कतै थियौ । जेठो दाजु नरेस् बोलाउछन् - "ए कुशल " । प्रत्यूत्तरमा तिम्रो शब्द 'हजोर् अनि दाई सोध्छन् अप्रेसनमा कति लाग्ने रैछ ? हातको उपचार चाडै थियो । तिम्रो उत्तर-"पचिस हजार ।" हैन त्यतीको पैसा बेकारमा किन खर्च गर्ने है..? दाईले सोधे । तिमी सहजै भन्दै थियौ-"धन्धा नमान्नोस न, दाई म सिङ्गापूर भर्ती भएपछि त...... । तपाईको पैसा ह्वार् ह्वार्ती । "तर भाई तिमी सिङ्गापूर त गएनौ । पढन लाग्यौ । अन्तमा स्नातकोत्तर तह सक्यौ । बाकि थियो शोधपत्र मात्रै । त्यो त सधैलाई रह्यो । त्यसैले भन्दै छु, । भन्छौ एउटा, गर्छौ अर्को ।

कुलदीप भाई तिमी रहुञ्जेल थाहा पाईएन । त्यो आभाष पाएनौ । तर एक्कासि थाहा भयो । तिमी बेईमानी, अवशरबादी, धोकेबाज, पालो मिचाहा भनेर । याद गर । मैले यति भन्दैमा । तिम्रो आकृति जङ्गीन्छ । अनि मलाई पो सोध्छन्- "कुलदिपले के ढाँटयौ ? बेईमानी के मा भयो ? पालो कहाा मिचियो ? कसको मिचियो ? जवाफ देउ" भनी झम्टिन्छन् । अनि मैले भने-भाइर्ं जङ्गीएर हुन्छ ? तिमीले बाचा सबै बिर्सिने । के के ढाँटेनौ ? कबोलेको कामकुरा धेरै गरेनौ ? आफूभन्दा जेठोहरूको पालो मिच्यौ । ताातीमा धै्ररै पछि थियौ । अहिले उछिन्यौ गई हाल्यौ । परिवार नाता कुटुम्ब साथीसंगी । सबैलाइ केही नभनी गयौ । कसैलाई सोधेनौ । सबैका यस्तै गुनासा छन् । यती मात्रै के बोले ? उल्टै यस्तो भनीमागे - मैले बाचा चुकिनँ, । काम गर्दैछु । रोजेको, मृत्यूवरणको समय सही । खास पालो आफ्नै थियो । अरुको पालो नै पछि । जन्मक्रम पो पछि त । मृत्यूक्रम त पहिल्यै हो । कसलाई थाहा थियो र ? यदि तिमीहरू दाजु भएपनि । मृत्यूक्रममा त भाई हौ । दाज्यू यो कुलदिपै हो । त्यसैले भनेको कुरा मान । जेठोको आज्ञा । कुलदिप भन्दै जान्छ । तिमिहरुले गर्दै जानु पर्छ । अबको दिन यस्तै हुन्छ । "दिईएका बचन सबै पुग्छन् । गीता र बाईबलको भाषामा सुन । तिमीहरूको हाथबाट कुलदिपले गर्नैछ । योजना नै यस्तै छ । सबै कार्य पूरा हुन्छन् । नयाँ पनि साकार होलान् । कुलदिप स्मृतिकोषमा जीउदै बस्छ । शरीर नदेखिएर के भो ? कुलदिपको सजीव आत्म चल्छ । बोल्छ, हिढ्छ, गर्छ । सबैले योजना बमोजिम गर्छौ । उसका बोली पूरा हुन्छन् । उसको बचनमा शिद्धि मिल्छ ।"
जस्तो भनौ - तिमीले कार्तिकमा दिएको पुस्तक । सृजनशील साहित्य प्रकाशन । निरन्तर सजिन्छ । सुहावस् नसुहावस् खोजीखोजी रोजीरोजी । स्वदेश परदेशमा चितायजति पहिरिन्छ । साहित्य केशराशीको चुल्ठो बाटिन्छ । सकभर निधारमा सितारा टल्किन्छ । गालामा पर्ने 'हाँसी खोबिल्टो' । छेउकुना कतै सकभर ओठमाथि । स्यानो टिलिक्कै कोठी थप्दै । भाषा साहित्यमा झर्ना पलाउछ । हाङयूग र थुप्रै यूगसृष्ठीहरू । देश र भयबाद, निराश हुदैनन् । तन्नेरी बैरागी कायि्ाला भेटिन्छन् । नयाँ सन्तान जन्मीई रहन्छन् । घिउमा खुर्सानी डडाएको जस्तै । परदेशबाट पनि जन्मथलोको रागी । कुईनेटाका सबै कुलदिपसम्म ठोकिन्छ । झन्नै किराँती बहुल सृजना । साहित्य जागरणको नयाँ सुवारो । आफू नै हराउने डरले । सधै भञ्ज्याङनेर हुने भेटलाई । बग्रेल्ती हाम्रो सायि्नोमा झाँनौला । कुलदिपको शरीर लुकेकोसम्म हो । भागेको हैन, झुकेको छैन । उसको सङ्कल्प झन उज्यालिन्छ । स्वप्निलसाग भेट्न उतै गएपनि । आफू यहीा साथ रहन्छ । लेख्ने इलममा यी कााचाहरू । साहित्यको उत्कृष्ठ उब्जाउ गोरेटोमा । रगत चुहुञ्जेल त नसक्लान् । डामियुञ्जेलसम्म त घसि्रयलान् नै । किनभने कुलदिप साथमा उभिन्छ ।
मैले भने- धेरै योजना बताएका थियौ । सुनुवार भाषाको मौलिक लिपि । आफ्नो मातृभाषाको लिखित प्रमाण । भाषिक अस्तित्व सजीव आधार । सुनुवारभाषीय आधारभूत लिपियुक्त पुस्तक । आफ्नो योगदानमा प्रकाशन गर्ने । अनि ऐतिहासिक प्रकाशक बन्ने । मातृभाषाप्रति अद्वितीय योगदान दिने । मातृभाषामा साहित्य बिकास गर्ने । सुनुवार भाषाको उत्थान गर्ने । सुनौलो बचन दिएका थियौ । तर शोधपत्र सकिनु पर्ने । तिम्रो आन्तरिक भाका बन्धन । श्रष्ठाहरूको कदर, सम्मान गर्ने । जनजाती साहित्य जागरण ल्याउने । आदि अनेक भन्ने गथ्र्यौ । तर ती सबै गरेनौ । सुटुक्क भाग्यौ, त्यसरि पाईन्छ ? ती वाक्यको अन्त नहुादै । उनी बोले- अवश्य हुन्छ । सुनुवार भाषाको लिपि प्रकाशन । सुनुवार भाषामा कथा, कविता । गीत, निबन्ध, लेख रचना । सबै हुनेछन् । बृद्ध, बयस्क, बाल जवानी । थुप्रै थुप्रै शब्दमाला उनीनेछन् । जनजाती भाषा उकालिनेछन् ।
हाम्रो सुनुवार सेवा समाज । सातौं राष्ट्रिय सम्मेलनमा तिमिबाट । एउटा योगदान रहेको छ । दशी जीवन्त छ । त्यसलाई यसरि प्रस्तुत गरौं ।
सुनुवार भाषाको मौलिक लिपि । "सुनुवार ल्वो ब्डेःस" । सुनुवारभाषी मौलिक लिपि । आधिकारिक लिपि पारित गर्न । सम्मेलनको सबैभन्दा महत्वपूर्ण प्रस्ताव । सम्मेलन हलमा प्रस्तुत छ । हलभित्र प्रस्तावमा । गहिरो बहस छलफल चल्दैछ । पारित हुन नपर्ने आधार । साथै उचित कारणबिना । निकै लामो बहस लम्बिएपछि । सम्मेलनको प्रतिनिधी नभएपनि । आफ्नो मनसाय राख्न । अनुमती मागेर लेखिएको "अंकल, कुलदिप सुनुवार बोल्न चाहनु भएको छ " उद्घोषिकाको हातबाट एउटा टुक्रा । कागज हात पर्छ ।....म लिपि प्रस्तोता थिएँ । ब्याख्यार्थ उभिएको छु । सबैलाई अभिब्यक्तिको अवसर । त्यसक्रममा तिमिले बोल्यौ- "बोल्ने अवसरको लागि ध्न्यबाद । यसमा भन्नु धेरै छैन । भन्नु के मात्रै छ भने हाम्रोमातृभाषाकोबोली लाई प्रतिनिधित्व गर्दैन भने यो लिपि पास गर्नु पर्दैन । यदि यो लिपिले हाम्रो सुनुवार भाषा बोल्छ र प्रतिनिधित्व गर्दछ भने तपाईहरूले पारित गरिदिनु राम्रो हुन्छ । नत्र यतिको लामो २-२ बर्षको समयसम्म बहसमा ल्याई सकेको र राष्ट्रिय सम्मेलनमा प्रस्तावको रुपमा आईसकेको लिपिलाई सम्मेलनले पारित गर्नमा केही बाधा पर्ला जस्तो लाग्दैन । पास गर्दा हुन्छ । यो लिपि पास हुन यहाहरूलाई मेरोपनि आग्रह छ । तर यहाँहरूको अधिकार हो ।" अन्तमा सभाले लिपि पारित गर्‍यो । यही हो दशी । अरु छैन ।
ए है भाई Û तिमीलाई । एउटा ठूलो आरोप छ । कुटुम्ब कुमारी सबैको तर्फबाट । त्यो कहिल्यै नमेटिने अभियोग । बुझ्यौ ? तिमीले कसैलाई स्विकारेनौ । जो स्वभावतः सबै पुरुष । स्विकार्छन्, स्विकार्छन् अनि स्विकार्छन् । सबैका ती अमुक अभिलाषालाई । पानीमा बिलायौ, हावामा उढायौ । जो आशामा तिमिलाईर् नियाल्थे । हिम्मत बटुलेर धेरै परिश्रमकासाथ । अनेक निहुँ पारेर छेउमा । आत्मीय सामिप्यता कतिले दिए । जो आटेर भन्न सकेनन् । भूई कोट्याउदै मुखै फोरेर । वा खुलस्तै भने होलान् । 'हुन्छ' भनेर कहिल्यै सकारेनौ । कतिले पर्खे । ढीलै भएपनि बचन पाउन । तर निराश नै भए ।
अझै तिमीलाई अर्को महाअभियोग । तिमी सिर्जनाका बाधक भयौ । तिम्रो जीवाणू पलाउन पाएन । कति उर्बर भूमिहरू थिए ? माध्यमहरू पनि कति कति ? एउटै पनि टिक्न दिएनौ । कान्छी बुहारी देख्ने बोलाउने । सानुको नानुले 'मम्मम्' गर्दै । घुस्रादै, पल्टादै, बामेसर्दो हेर्ने । आमाको तिर्सना आफै पो । टुकुटुकु हिढीसकेको थियो । अब त के भनौ ? पूरै पखेटा नै लागिसक्यो । १६ देखी २९ बर्षसम्म । उम्लिदा उम्दा रसिला बसन्तहरू । उखुरमाउला चोटिला हेमन्त शिशिर । आनायास गए, बेकारमा बिते । ती दिनका तिम्रा एकान्त । कसैले सागाल्न सम्हाल्न पाएनन् । कतिजनाले सोाच्दै साच्दै थिए । उम्मेदबारि कति हो कति ? एकदिन तिमीमाथि एकाधिकार जमाउने । योग्य अयोग्य, सभ्य असभ्य । भाँती भाँती ताँतीका ताँती । तैपनि मौका दिएनौ । धेरैको चित्त डढ्यौ । सपना उढायौ । सकेनन् कसैले, जित्यौ अनि । बित्यौ पनि । कस्तो अचम्म होला ? ए एक (जना, पटक, तीर, सम्म कतै न कतै) त हुन्छ नी गाँठे क्यै त । तिम्रो हत्केला र औलाहरू । नरम् साह्रा कस्ता थिए ? जाच्न पनि पाएका थिएनन् । कुनै पनि पारखीले शायद । किनभने मौका नै दिएनौ । कि कसो हो कुन्नी ? टाडाको भएपनि दाई भएकोले । थाहा नभएको हो कि ? अरु त धेरै दुर्गम् । अति दुर्लभ नै भए ।
तिमीसाग अर्को गुनासो । तिमी साहित्यको बिद्यार्थी, साहित्यानुरागी । मैले तिम्रो रचना देखिन । कथा कबिता लेख रचनाहरू । कति थिए ? कहाँ थिए ? त्यसमा संगती भईएन । भिज्न पाईएन । बिरानो छौं । तैपनि होलान् नि टुक्राटाक्री । तिम्रा पुराना टुक्राहरू देखाउ । हामी कागज रासीमा खोजौंला । भेटेसम्म टाँसौंला, कोष पत्रमा । सके धेरै्रलाई पढन लगाउला । नसके कथुङ्काललाई राखौंला । सजाउने काम अवश्य हुन्छ । त्यो पनि मन भए- तिमीले मन नगरे असम्भव । हातसम्म हाम्रो हो । साथ तिम्रै हुनु पर्ला । नत्र सुनुवार त हुन् । "जिर्मा" र "आरक" (रक्सी)मा अलमस्त । भूल्न नजाला कसरि भन्ने ? तिमीले पनि जात जनाउछौ कि ? हेरौंला । अर्को कुरा, जुहारि खेलेनौ । माघे सक्रान्तीको दिन ।  एउटा कुरा । तिमी परिवारको कान्छो भएर । सबै भन्दा जेठो बाठो । भन्दा केही फरक परेन । किनभने तिम्रो कुरा परिबारमा । सबैले मान्ने गरेको थियो । आमा बाबुको मान्यै थियौ । दाज्यूहरू स्यालेक्कै । जे भन्यो भई हाल्ने । जन्मले सबै भन्दा कान्छो । कर्मले जेठो । साच्चै त्यही प्रमाणित गर्‍यौ । नत्र सबैभन्दा कान्छोको प्रबन्धमा । कुनै परिवार चल्दैन । तिमीले चलायौ । तिमी नै जेठोबाठो रहेछौ । अब धेरै गनथन नगरौं ? अरु पछि लेख्दै गरौंला । तिमीले भनेका सबै कुराहरू । सबै पूरा गराउदै जाऊ । सपनि बिपनि तिम्रै जपनि । गराउने तिमी हौ पनि । तिमीलाई मेरो सुझाव छ । तिम्रो साहित्यिक अठोट चल्ास । कथा, कबिता, निबन्ध, उखान । गीत, आदिको प्रतियोगिता गरेर । साहित्यिक पुस्तक पत्र पत्रिका प्रकाशन गरेर । पूस्तकालय खोलेर । कुलदिप प्रकाशन । कुलदिप संगीत कार्यक्रम । कुलदिप भाषा अध्ययन प्रतिष्ठान । उमेरले तिमी कान्छो हौ । हुनामीले जेठो प्रमाणित गर्‍यौ । झन अर्कै कुरा यहाँ । स्मृतिकोषको ईतिहासले प्रमाणित गर्दछ । तिम्रो कोष नै सुनुवार जातीको । सबै भन्दा जेठो होला । आजसम्म त्यस्तो सुनुवार कोष । खडा भएको देखिएको छैन । यो यथार्थ प्रथमसत्य हो । तिमीलाई एउटाकुरा थाहा छैन । नमालुम भागेछौ । चारैतिर हाहाकार भईसकेछ । मलाईपनि फोन आयो । अति आश्चर्यमुलक झट्का लाग्यो । 'ख' गरे । हो नै सुनियो । हतारले पुगे । मुढो शरीर देखे । बिश्वास भयो । सबै रुवाबासी रहेछन् । उपाय थिएन । त्यसैले भन्न थाले-तिमी कान्छो थिएनौ भनेर । तिम्रो बुबालाई भने- यो तिम्रो छोरो हैन । उसको पो छोरा हौ । आमालाई भने- यो छोरो थिएन उ । केवल कष्टको भारी थियो । उस्को सूसारे मात्र थियौ। दिदी र दाज्यूहरूलाई भनी दिएँ  साँच्चै तिमीहरू भ्रममा नपर । तिमीहरु उसका भाई बैनी । नाता कुटुम्ब इष्टमित्र सबै । जो तिम्रो अबशानमा बिव्हल । सबैलाई नाटक मञ्चन गर्दै । बुज्रुक भएर सम्झाउदो भए । तिमीलाई आसुको भेल घटाउन । सजिलै होस तिमीलाई भनेर । तर भाई एउटा सत्य । याद राख - 'सबैभन्दा जेठो तिमी हौ' । बाँकि सबै स्वतः कान्छो । त्यस्तो जेठोबाठो भएको कारणले । तिमी यसरि देखिने छौ -
(१) कुलदिप साहित्यिक प्रतियोगिता -कबिता, कथा, लेख, निबन्ध, बिचार प्रबाह, बिभिन्न भाषामा)।
(२) कुलदिप भाषा अध्ययन/अनुसन्धान, पुस्तक पुस्तिका, पत्र पत्रिका प्रकाशन ।
(३) कुलदिप लघु पुस्तकालय । (४) कुलदिप जनजाती अध्ययन प्रतिष्ठान ।
(५) कुलदिप साहित्य पुरस्कार । कुलदिप संगीत पुरस्कार । कुलदिप छात्रबृत्ती कोष, आदि जो सम्भव छन् ।
यीनै कृयाकलापबाट कुलदिप तिमी । सदाको लागि जीवित रहनेछौ । तर तिम्रै सााचो योगदान । अति आवश्यक छ । तिमी युग युग । अमर रहने छौ । तर अब तिमीलाई श्रद्धापूर्बक । एउटा सबैको हार्दिक निबेदन । अब उप्रान्त गोप्य हुदैनौ । बाचा गर्ने छौ । हामी कान्छो समयतालिका पर्खिरहेका । भाई बहिनीले पनि । यथार्थमा बदल्न बचनबद्ध छौं । तिम्रा सबै बाचा पूरा हउन् । सबै बन्धूहरू एकत्र पार्नेछौ । यति नै हो अहिलेको पालीलाई । फेरि लेखौंला निष्ठूरी जालीलाई ।। अन्य अङ्कमा चाँडै भेटौंला । धन्यबाद ।
उही तिम्रो छोडिएको दाई
टीकाराम मुलिचा,


Author - टीकाराम मुलिचा | Posted on Apr 6 2008 Sunday | Views : 9607
नेपाली साहित्य


थप साहित्यहरू / Other Literature


  • बाढी
  • आमासँग
  • प्रसङ्ग र अनुभूतिहरू
  • सपनाहरू सहिद हुँदा
  • वर्ग संर्घष

  • Recent Literature
    सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
    पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
    आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
    अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
    Photo Galleries

    5th Punyatithi

    Poem Competition 2066

    Un Photo Gallery

    Kuldeeps books & pen