आमासँग


प्रथम - कुलदीप सुनुवार स्मृति राष्ट्रिय कविता प्रतियोगिता २०६५

त्यो मुन्दुमको कथा भन आमा
कि यो राज्यद्वारा संरक्षित यी ग्रन्थहरू
शास्त्रहरूमा या आख्यानहरू
मेरा यी खिरिला आँखाहरूलाई बारम्बार जिस्काउँछन्
कि यो राज्यका यी ग्रन्थहरूमा
शास्त्रहरूमा या आख्यानहरूमा सुन्दर मानिएका
ठूला आखाँहरूको तारो भएको छु म
हो आमा,
कुनै न कुनै कारणले आँखी नै भएको छु म,

जुन दिनदेखि
यो राज्यले मुन्दुम् जलाएर अर्कै ग्रन्थहरूलाई हुर्कायो
त्यही दिनदेखि
कम्मरमा भिरेको खुर्पा जङ्गलमा फालिराखेर
मन्दिरअघि लाम लागेका सुम्निमाहरू
बधुशिक्षाका नङ्ग्राहरूले चिथोरिए
लोग्नेको खुट्टा पखालेको पानी नुहाउन बाध्य पारिए
अथवा शास्त्राहरूबाटै बलात्कृत भए
त्यहि दिनदेखि
छोरी जन्मदा आमाहरू रून थाले
आमा,
म जन्मदा तिमि पनि रोएका थियौ रे !
होइन र ?

कि त्यो बँदेलको रूपाधारी लोग्ने
जसले  मायाको सुन्दर बगैँचा बारबार भत्काउँथ्यो
भत्काउँथ्यो प्रेमको पहाड
र एउटी निर्दोष आइमाईलाई
सधैँसधैँ उत्तेजित गराउँथ्यो
त्यसलाई भालाले घोचेर मारेको मलाई मन पर्यो
मन पर्यो त्यो मुन्दुमको कथा
यो युगका प्रत्येक आइमाईहरूको तर्फबाट
सलाम गर्छु म सुम्निमालाई
सलाम गर्छु म सुम्निमालाई
मुन्दुममा आइमाईहरू कहिले हारेको छ र ?

त्यो मुन्दुमको कथा फेरि भन आमा !
कि यो राज्यद्वारा संरक्षित यी ग्रन्थहरूमा
शास्त्रहरूमा या आख्यानहरूमा
जो म बारम्बार आँखाको तारो भएको छु
अब मान्दिन ।

Author - प्रगति राई | Posted on Jan 8 2009 Thursday | Views : 8891
नेपाली साहित्य


थप साहित्यहरू / Other Literature


  • बाढी
  • प्रसङ्ग र अनुभूतिहरू
  • सपनाहरू सहिद हुँदा
  • वर्ग संर्घष
  • यस्तो हुने छ यो माटो

  • Recent Literature
    सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
    पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
    आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
    अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
    Photo Galleries

    KSTM Kavita gosti pics ( 2065/6/4)

    Kul-dresess and others

    Un Photo Gallery

    Kuldeeps books & pen