जुलुस निस्कियो रे


          मन्दिरा राई

आधा दर्जन गाडी जलाइयो रे
धेरै जसो फोडियो रे
भर्खरै प्राप्त समाचार अनुसार
धेरै ठाउँमा जुलुस निस्कियो रे ।

अधिकारलाई लड्छौ अरे
भोके अनसन गर्छौ अरे
माग पुरा नहुञ्जेलसम्म
मर्नु परे मर्छौ अरे ।

गणतन्त्र आ को हो रे
अधिकार पा को हो रे
गणतन्त्र ध्याउनलाई
गोली, ग्यास खा को हो रे ।

आरक्षण चाहियो रे
केही मात्र पाइयो रे
हात मोलि मोलिकन
हिजो गुणगान गाइयो रे । 

आज जुलुस निस्कियो रे
जिस्कनस् पर्ने जिस्कियो रे
आन्दोलन नगरौं भन्दा
एउटा भाइ ठुस्कियो रे । 

सानोतिनो कुरा झिकी
 
गर्न थाले आन्दोलन
पारा यहि नेपालमा
ढुङ्गामुडा आन्दोलन ।
 
आफू परें पत्रकार
टिप्न गा को समाचार
सपना खै देख्नु मात्र
हुने भएन लौ साकार ।
 
लेख्दै थिए समाचार
एक पनि बजि सकेछ
सहकर्मीको जानकारी अनुसार
अर्को ठाँउमा जुलुस निस्किसकेछ ।

(कुलदीप सुनुवार स्मृति राष्ट्रिय कविता प्रतियोगिता २०६५ मा प्रतियोगी कविता)


Author - मन्दिरा राई | Posted on Apr 3 2009 Friday | Views : 7431
नेपाली साहित्य


थप साहित्यहरू / Other Literature


  • बाढी
  • आमासँग
  • प्रसङ्ग र अनुभूतिहरू
  • सपनाहरू सहिद हुँदा
  • वर्ग संर्घष

  • Recent Literature
    सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
    पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
    आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
    अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
    Photo Galleries

    Family Photos

    Poem Competition 2066

    Kuldeeps books & pen

    5th Punyatithi