आँसु उम्रिदाको मजा (दुःख पखाल्ने आँसु)


          निर्भीक राई

पीरले मन जिम्लिँदा त
आँसु चुहुने चुहुने ।
खुशीले मन उम्लिदा समेत
आँसु पोखिने कुनै बेला ।
अनौठो मजा हुने
त्यसरी भएको आँसुको निकासमा
पैतालाको पूरा नपाकेको घाउ
निचोरी हरेलपानी निकाल्दा
पीडा र आनन्द मिसिएको
अनौठो अनुभब भएझैं
आँसु निस्कादा भइरहेको मजा पनि
कसैले देखे
लाज अचानक जारजस्तो उठी
नमज्जामा परिणत हुने ।
आँसु छोप्नु सजिलो नहुने
हाँस्दा हत्केलाले दाँत छोपे जत्ति ।
त्यसैले एकान्त चाहिने
निर्धक्क आँसु बगाउनु ।
ग्लिसिरिन, कसिङ्गर, ठक्करले
निचोरीएको आँसुले
थोरै पनि पीर नबगाउने ।
आँसुले पीर बगाउन चाहाँदैमा
आँसु उमार्न नसकिने
दितङ्गबाट सरुवा उमेर झै सजिलै ।

(कुलदीप सुनुवार स्मृति राष्ट्रिय कविता प्रतियोगिता २०६५ मा प्रतियोगी कविता)


Author - निर्भीक राई | Posted on Apr 4 2009 Saturday | Views : 5284
नेपाली साहित्य


थप साहित्यहरू / Other Literature


  • बाढी
  • आमासँग
  • प्रसङ्ग र अनुभूतिहरू
  • सपनाहरू सहिद हुँदा
  • वर्ग संर्घष

  • Recent Literature
    सडक (प्रथम) by प्रदीप राजभन्डारी (काठमाडौ) on Dec 23 2010 Thursday
    पागलहरू (द्घीतिय) by ताराप्रसाद गिरी (गुल्मी) on Dec 23 2010 Thursday
    आगोको भोक (तृतीय) by राजेन्द्रप्रसाद पन्त/बैराकवी on Dec 23 2010 Thursday
    अहम् (सान्त्वना) by श्यामकुमार भट्टराई on Dec 23 2010 Thursday
    Photo Galleries

    Miscellaneous

    Greetings

    Scholarship Program 2068

    Un Photo Gallery