त्रिविक्रम पाण्डे
गोरक्ष निखिल ज्योति दिव्य विद्याश्रम
बसुन्धरा, काठमाडौं ।
नेपाल आमा रोइरहेछिन्
शान्तिको बीऊ छर्नलाई ।
छोरा छोरी लागि रहेन
अडेर यी मर्नलाई ।।
काम कुरो एकातिर छ ।
नेताले खोज्न थाले नीउ
देशको तापक्रम बडेर
पग्लदै छरे हिमालमा हिाउ ।।
देशको भविष्य राम्रो छैन अरे
भन्न थाले यीनै नेता ।
असल राम्रो नेता खोजी
पहिराई दिनुछ फेटा ।।
देश बनाउँछु भन्नेहरू
भर्नथाले आˆनै थैलो ।
उज्योलो हुने कहिले हो
जनताको घरदैलो ।।
विदेशी सेना बस्न थाले
देशको सिमा मिचेर ।
प्रतिगामी सफल हुन्छ
नागरिक सर्वोचता थिचेर ।।
बचाउँनु छ देशको इज्जत
चिनाउँनु छ आˆनै नाम ।
उभो लाग्न थालोस्
यी नेताका घैटोमा घाम ।।