सानीका उप्रेती
गोरक्ष निखिल ज्योति दिव्य विद्याश्रम
बसुन्धरा, काठमाडौं ।
जन्म लिएको छु यस नेपालमा
देशको हाल बुझेर सम्झिन्छु एकएक गाँसमा ।
शान्तिको अगाडि \'अ\' थपिएर अशान्ति भएछ ।।
शान्तिको प्रतिक यो नेपालमा कसको नजर पर्यो आज
जुन नजरको परिमाण फैलिएको छ सबैको माझ ।
विगतमा स्वच्छ, शान्ति र सुन्दरताले भरिपूर्ण नेपाल
वर्तमानमा द्वन्द, आन्दोलन र दुर्गन्द छाएको नेपाल ।।
नेपाली जहिले पनि आफ्नो भुँडी भर्छन्
विकासको काम गर्नुपर्दा पछि पर्छन् ।
अहिले चाहिएको छ देशलाई बुद्घका उपदेशहरू
अहिले चाहिएको छ देशलाई दुरदर्शी नेताहरू ।।
नेपालमा नै रहेको छ सर्वोच्च शिखर सरगरमाथा
नेपालमा नै कोरिएको विरताको गाथा ।
हामी नेपाली नेपालको कर्णधार
हामी नै उठाउँनुपर्छ विकासको भार ।।